पर्यटकिय नगरी पोखरा नो हर्न क्षेत्र घोषणा


पोखरा- पर्यटकिय नगरी पोखरामा पनि नो हर्न क्षेत्रको घोषणा भएको छ । पोखरा लेखनाथ महानगरपालिका र जिल्ला ट्राफिक कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरलाई नो हर्न जोनका घोषणा गरेको हो । आकस्मिक बाहेक अन्य अबस्थामा हर्न बजाउन नपाउने नियम छ ।

नो हर्न क्षेत्रको घोषणाको घोषणा गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सहरलाई ध्वनी प्रदुषण मुक्त गर्न रोक्ने अभियानका साथ नो हर्न क्षेत्र घोषणा भएको बताए । उनले पोखरालाई सान्त र सुन्दर बनाइ राख्न ध्वनी प्रदुषण गर्ने हुने अन्य सबै विस्तारै हटाउदै जाने बताए ।

पोखरा लेखनाथा महानगर पालिकामा दैनिक साना ठुला गरी करिब १ लाख ५० हजार सवारी साधन गुडने गरेका छन् । सबै सवारी साधनले हर्न बजाउदा पोखरामा ध्वनी प्रदुषण हुदै आएको थियो । ट्राफिक प्रहरीले महानगरका १ सय १९ स्थान नो हर्न जोनको बोर्ड राखेर सवारी चालकलाई साउन ८ गते सम्म सचेत गराउने भएको छ । साउन ८ पछि हर्न बजार जरिवान गर्ने प्रहरीले जनाएको छ ।

अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ सय रुपैयाँ जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड राखेर दोस्रोपटक पनि हर्न बजाएमा १ हजार रुपैयाँ र तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नु क्षेत्रिय ट्राफीक प्रहरी कार्यलका बुटबलका प्रहरी नायव उपरिक्षक अवदेश बिष्टले बताए ।

घोषणा लागु भए सँगै गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि प्रेसर हर्न बजाउन पाइने छैन । सडकमा चाहिने आवश्यम पुर्वाधार बिनानै पोखरालाई नो हर्न क्षेत्रको घोषणा गरेको भन्दै यातायात व्यवसायीले भने असन्तुस्टी व्यक्त गरे ।

सडकमा परेका खाल्टा खुल्टी, आयल्याण्ड, ट्राफिक लाईट र अब्यवस्थित पाकिङ्ग कारण दैनिक सवारी दुर्घटना हुदै आएको व्यवासयीको भनाई छ । नो हर्न घोषणा हुनु पुर्व पोखराको चिप्लेढुङ्गाबाट ¥याली सुरु भई सभागृहमा पुगेर घोषणा सभामा परिणत भएको थियो ।