पोखरा विश्वविद्यालय २१ औं वर्षमा प्रवेश


पोखरा – पोखरा विश्वविद्यालय आइतबारदेखि २० वर्ष पुरा भई २१ औं वर्षमाप्रवेश गरेको छ । स्थापनाको २१ औं वर्षमाप्रवेश गरेको उपलक्ष्यमा विश्वविद्यालयले आइतबार विश्वविद्यालयको प्राङ्गण लेखनाथमा एक विशेष कार्यक्रमको आयोजना ग¥यो । वार्षिकोत्सवमा विश्वविद्यालयको विगतदेखि वर्तमान सम्मको समिक्षात्मक चर्चा गरेको छ भने एनआईसि एशिया बैंकले विश्वविद्यालयहाताभित्र विभिन्न जातका ६०० वटा बिरूवा रोपेको छ ।

वार्षिक उत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवम् पोखराविश्वविद्यालयका रजिष्टार गोविन्दप्रसाद शर्माले देश अहिले सहमति र सहकार्यको राजनीतिमा चलेको जानकारी गराउँदै विश्वविद्यालयपनि त्यसबाट अछुतो रहन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले साना तिना मसिना मतभेद, स्थार्थका कुरा छाडेर वृहत हितका लागि सोच्न सकिएमा पोखरा विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगको विकास र विस्तारमा यस क्षेत्रलाई नै समृद्ध र वैभवशाली बनाउन सक्नेधारणा राख्नुभयो । एक प्रश्नको उत्तर दिंदै रजिष्टार शर्माले पोखरा विश्वविद्यालयका कार्यक्रम देशव्यापी फैलिएर सञ्चालन भइरहेकाले यो एक प्रदेशमामात्र खुम्चेर सिमितिहुन नसक्ने बताउनुभयो ।

उहाँले विश्वविद्यालयको समग्र विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने, ठाउँको अभावमा कार्यक्रमको स्तरोन्नति गर्न नसकिएकोले स्थानीयनिकायले जग्गाप्राप्ति र मेडिकलकलेजको स्थापनाकालागि पहल गर्ने विश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा स्वागतमन्तव्य राख्दै मानविकी तथा सामाजिक शास्त्र संकायकाडीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले पोखरा विश्वविद्यालय राष्टिय विश्व विद्यालयको रूपमा स्थापित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विश्व विद्यालयलाई शिक्षाको गुणस्तरमा बलियो बनाउने र नयाँनयाँ बजारोन्मुख कार्यक्रम सञ्चालन गर्ने, थप्ने आवश्यकता र चुनौतिदुबै रहेको चर्चा गर्नुभयो ।

लेखनाथउद्योग वाणिज्य संघकाअक्ष्यक्षएवम् पोखरा विश्वविद्यालयका सभासद् लक्ष्मीत्रिपाठीले विश्वविद्यालयले उपलब्धजग्गाको संरक्षणगर्न नसकेकोले सुकुम्बासीको नाममाहुकुमबासीले जग्गाअतिक्रमणगर्दै लगेको उल्लेख गर्नुभयो । विश्वविद्यालयलाई आस्थाको रूपमाभर्तीकेन्द्र बनाउननहुने उल्लेख गर्दै खुबी र क्षमताभएकामान्छेलाई प्रतिस्पर्धा गराई विश्वविद्यालयमाप्रवेश दिन सकेमाविदेशीने प्रवृत्ति रोकिने विचार व्यक्तगर्नुभयो । असलनागरिक, गुणस्तरयुक्तनागरिक र अब्बलनागरिक उत्पादनगर्ने तथाविश्वविद्यालयलाई शान्त र मर्यादिततुल्याउनेविश्वविद्यालयको प्रमुखउद्देश्यहुनुपर्ने उहाँको कथनथियो ।

विश्वविद्यालयको वार्षिकोत्सव समारोहमामन्तव्य राख्दै पोखरा लेखनाथमहानगपालिकावडा नं. ३० कावडाध्यक्षश्रीरामपोखरेलले विश्वविद्यालयले लेखनाथबासीको गुनासा र सुझावलाई कदर गरी उचितनिकास दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले स्थानीयतहको विकासमापनिध्यानदिनुपर्ने विचार राख्दै प्रदुषण र वातावरणीय संरक्षणलगायतकाकार्यमाविश्वविद्यालयसँग सहकार्य गर्न वडा सँधै तयार रहेको उल्लेख गर्नुभयो । विश्वविद्यालयको स्थापना र संरक्षणगर्ने कार्यमाअहम् भूमिकानिर्वाह गर्ने तत्कालीनजनप्रतिनिधि, जग्गादाता, राजनीतिकप्रतिनिधि, समाजसेवाीआदिलाई विश्वविद्यालयले भूल्ननहुने उहाँको तर्क थियो ।

पोखरा विश्वविद्यालयप्राध्यापक संघकाअध्यक्षउपप्राध्यापकनिराजनबमले राजनीतिकभागबण्डालाई विश्वविद्यालयले कुनैपनिहालतमा प्रश्रय दिननहुने उल्लेख गर्दै हरेक नियुक्तिलाई योग्यता र क्षमताको तिस्पर्धात्मकआधारमानियुक्तिगर्ने मापदण्ड तय गर्नुपर्ने विचार राख्नुभयो । शिक्षककर्मचारीको वृत्तिविकासको अवसरकालागिविश्वविद्यालयले कन्जुस्याई गर्न नहुने उहाँको तर्क थियो । एनआईसी एशिया बैंक गण्डकीधौलागिरीका क्षेत्रीयप्रबन्धकदिपेन्द्र शर्माले आँफू पोखरा विश्वविद्यालयको भूतपूर्व छात्र रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाप्रदान गरी दक्षजनशक्तिउत्पादनगर्ने कार्यमाविश्वविद्यालयलाई अझै सफलतामिलोस् भनिकामनागर्नुभयो ।

विश्वविद्यालयसितको सम्बन्धलाई प्रगाढतुल्याउन र विश्वव्यापीउष्णतालाई कमगर्न एनआइसीएशिया बैंकले बृक्षारोपणको अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो । शर्माले व्यवस्थापन संकायमाउत्कृष्टउच्चतमअंकल्याई उत्तीर्ण हुने ३ जनाछात्रछात्रालाई हरेक वर्ष बैंकमा रोजगारी दिने र शिक्षककर्मचारीलाई बिनाधितो ऋण सहुलियतदिने घोषणा समेत गर्नुभएको थियो । पोखरा विश्वविद्यालयकर्मचारी संघकाअध्यक्षशिवराजपण्डितले विश्वविद्यालयमाकार्यरत शिक्षककर्मचारीलाई उत्प्रेरणाको तालिम, पुरस्कार र दण्डको व्यवस्थापनगर्नुपर्ने विचार राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन योजनातथाकार्यक्रममहाशाखाप्रमुख सहप्राध्यापकज्ञानेश्वर शर्माले गर्नुभएको थियो ।