ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – अर्थ मन्त्रालयले स्थानीय तहलाई विनियोजन गरेको बजेटमध्ये ७५ अर्ब रुपैयाँ सम्बन्धित तहमा पुगेको छ । आइतबार महालेखा नियन्त्रकको कार्यालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई स्थानीय तहको सञ्चित कोषमा रकम हस्तान्तरण गर्न दिएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

आज प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली संसद्बाट सर्वसम्मत रुपमा अनुमोदित भएको खबरलाई छापेका छन् । राजमार्ग, विशेष गरेर राजधानीका  सडकको दूरावस्थालाई आज पनि पत्रपत्रिकाहरुले उठाएका छन् ।