पोखरा लेखनाथ महानगरपालिकाको बजेट ४ अर्ब ३ करोड ८२ लाख (बजेटको पुर्ण पाठ सहित)


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७४÷२०७५ का लागी चार अर्ब बढि बजेट प्रस्तुत गरेको छ । स्थानिय तहको निवाचनपछि जननिवाचित प्रतिनिधिहरुको प्रथम नगर सभाले २०७४÷७५ का लागी चार अर्ब तीन करोड बयासी लाख त्रिपन्न हजार आठ सय रुपैयाँको बजेट पोखरा लेखनाथ महानगपालिकाका प्रमुख(मेयर) मानबहादुर जि.सीले प्रथम नगर सभामा आगामी वर्षको लागी बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
आम्दानी तर्फ केन्द्र सरकारबाट सशर्त र निसशर्त अनुदान एक अर्ब बयासी करोड र आन्तरीक आम्दानी दुई अर्ब एक्काइस करोड बयासी लाख त्रिपन्न हजार आठ सय रुपैयाँ प्रस्तुत गरिएको छ । आगामी वर्षका लागी पूर्वाधार, वातावरण तथा विपद ब्यवस्थापन, सामाजिक विकास, आर्थिक विकास, वित्तिय ब्यवस्थापन तथा सेवा प्रवाह, सशर्त अनुदान, सामाजिक सुरक्षा भत्ता, फोहोर मैला ब्यवस्थापन, प्रशासनिक खर्च र वडागत रुपमा बजेट विनियोजन गरिएको छ । बजेटमा सवै भन्दा बढि पूर्वाधारमा एक अर्ब छत्तिस करोड त्रिपन्न लाख अठार हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको पुर्ण पाठ

उपस्थित अतिथिगण, महानगर उपप्रमुख तथा सम्पूर्ण सभासद् मित्रहरू
नेपालको संविधान जारी भएपछि पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा पोखरा—
लेखनाथ महानगरवासी जनताले हामीलाई विश्वास गरी भारी मतले विजयी गराउनु
भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै सबैलाई बधाई ज्ञापन गर्दछु । संविधान
कार्यान्वयनका क्रममा भएको निर्वाचन प्रक्रियाद्वारा निर्वाचित भई राष्ट्रिय स्वाधीनता र
स्वाभिमान, लोकतन्त्र, दिगो शान्ति, सुशासन साथैयस क्षेत्रको विकास र समृद्धिका लागि
पहिलोपटक पोखरा—लेखनाथ महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न यस
गरिमामय महानगर व्यवस्थापिकामा सम्बोधनका लागि उपस्थित हुन पाँउदा गौरव
महसुस गरेको छु ।
राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, र जनजीविका प्राप्तिको आन्दोलनका विभिन्न कालखण्डमा
जीवन उत्सर्ग गर्नुहुनेसम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु
। राष्ट्रिय स्वाधीनता र स्वाभिमान, लोकतन्त्र, सङ्घीयता, जनजीविका, सुशासन र समृद्धि
प्राप्तिको आन्दोलन र क्रान्तिको नेतृत्व गर्ने नेताहरू, नागरिक समाज, सञ्चार जगत र
सहभागी जनसमुदायलाई उच्च सम्मान र प्रशंसा गर्दै बधाई र धन्यवाद व्यक्त गर्दछु ।
सभासद् मित्रहरू,
पोखरा लेखनाथ महानगरकोसंक्षिप्त परिचय
नेपालमा पहिलोचोटी संविधानसभाद्वारा संविधानको निर्माण भई जारी भएको छ । यसले
देशलाई एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक
मुलुककारूपमा रूपान्तरित गरेको छ । नेपालमा व्यवस्था गरिएको ७४४ स्थानीय तह
मध्येकास्की जिल्लामा ४ गाँउपालिका र एक महानगरपालिकाको व्यवस्था भएको छ ।
यी पाँच स्थानीय तहहरू मध्ये पोखरा लेखनाथ एक सुन्दर र प्राकृतिक छटाले भरिपूर्ण
साथै अन्नपूर्ण र माछापुच्छे«को काखमा रहेको प्रचुर सम्भावनायुक्त महानगरपालिका हो।
सेती नदी, गुफाहरू, पाताले छाँगा र फेवा, बेगनास, रूपा लगायत ९ तालहरूले
यसलाई झनै आकर्षक र विविधतायुक्त बनाउनुका साथै थप सम्भावनाहरू प्रदान गरेको
छ ।
यस महानगरपालिकाको पूर्वमा मादी र रूपा गाँउपालिका, पश्चिममा माछापुच्छ«े र
अन्नपूर्ण गाँउपालिका, दक्षिणमा स्याङजा र तनहू जिल्ला र उत्तरमा माछापुच्छे«
गाँउपालिका र मनाङ्जिल्ला रहेका छन्। नेपालको राजधानी काठमाण्डौं बाट २०० की.
मी. पश्चिम दिशामा अवस्थित यो महानगरपालिका समुद्री सतहबाट ४१८ मी. देखि
२७१५ मी सम्मको उचाइ, २८ण्
०४ु१०ू उत्तर देखि २८ण्
२०ु३०ू उत्तरी अक्षाँश र
८३
ण्
४८
ु४०ू पूर्व देखि ८४ण्
०९ु५०ू पूर्वी देशान्तर सम्म फैलिएको छ । यो ४६४.२४
वर्ग कि.मि. क्षेत्रफल रहेको देशकै ठूलो महानगरपालिका हो । वि.सं. २०६८ को
जनगणना अनुसार यस महानगरपालिकाको जनसङख्या ४,१४,१४१, र वि.सं. २०७४ को
निर्बाचनको तथ्याङ्क अनुसार कुल मतदाता १,६८,०६७ रहेको छ ।
साविक पोखरा उप महानगरपालिका, लेखनाथ नगरपालिका, भरत पोखरी, निर्मल पोखरी,
कृस्ती, पुम्दी भुम्दी, चापाकोट, कास्किकोट, हेम्जा, पुरन्चौर, लामाचौर, अर्मला, भलाम,
काँहु, र आर्बा गा.वि.स. र भदौरे तामागीका ३—९ नं. वडाहरू, कालिकाका १—५ न.ं
वडाहरू, माझठानाका १,४—९ नं. वडाहरू मिलेर ३३ वडाहरू रहेको पोखरा लेखनाथ
महानगरपालिका बनेको छ । यस महानगरपालिकामा खस (ब्राह्मण, क्षेत्री, ठकुरी,
उत्पीडित), जनजाति (गुरूङ, मगर, तामाङ, किरात, थकाली, भुजेल, नेवार) अल्पसंख्यक
कुमाल, गन्धर्व र मुस्लिम जस्ता विभिन्न जात, जाति एवं भिन्दा भिन्दै भाषा, धर्म र
संस्कृति भएका मानिसहरूको बसोबास रहदै आएको छ ।
सभासद् मित्रहरू,
अब म महानगरको लक्ष्य, नीति र कार्यक्रम तर्फ यहाँहरूको ध्यान आकर्षण गर्दछु ।
सिंहदरबारको अधिकार महानगरका वडावडा र बस्तीबस्तीमा ल्याउन र नागरिकलाई
सहज, सरल, सुविधाजनक र पारदर्शी ढङ्गबाट सेवा प्रवाह गर्दै सो कुराको प्रत्याभूति
गरेर जनमुखी लोकतन्त्रलाई सुदृढ गर्दै भ्रष्टाचारमुक्त प्रशासन सञ्चालन गरिने छ ।
समावेशी लोकतन्त्रद्वारा स्थानीय सरकारमा विभिन्न जातजाति, भाषा, लिङ्ग, धर्म, क्षेत्र,
वर्ग र समुदायको प्रतिनिधित्व गराउँदै राष्ट्रियताको प्रवर्धन गरिने छ ।
आर्थिक समृद्धि र विकासका लागि आफ्नो टोल आफै बनाउन तथा स्थानीय स्रोत
साधनको प्रयोग, दक्ष जनशक्ति उत्पादन, रोजगारी र उद्यमशीलताको विकास, सहरी
पूर्वाधार निर्माण र आधुनिकीकरणका लागि, समाजमा व्याप्त विभेद, शोषण र
उत्पीडनको अन्त्य गरी नागरिकको सीप र दक्षता अभिबृद्धि गरी समृद्ध, समुन्नत र
नेपाली विशेषताको समाजवाद एक घर एक सीप रोजगारीको आधार ः समृद्ध पोखरा
समाजवादको पूर्वाधार कार्यान्वयन गरिने छ ।
महानगर समृद्धिका लक्ष्यहरू
१५ बर्ष भित्र यस महानगरपालिकालाई अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार सहित
सुविधासम्पन्न सहरका रूपमा विकसित गरिनुका साथै सुखी, खुसी, सभ्य र समृद्ध
नागरिकहरूको सहर बनाइनेछ ।
साक्षरता, औसत आयु, प्रतिव्यक्ति वार्षिक आय आदिमा वृद्धि र मातृ÷शिशु÷बाल मृत्यु
दर घटाई उत्कृष्ट मानव विकास सूचकाङ्क भएको विभेद, जोखिम र असमानता मुक्त
साथै सामाजिक न्याययुक्त नेपालको नमुना महानगरका रूपमा विकसित गरिने छ ।
महानगरको विकास नीतिहरू
यस महानगरमा समावेश भई शहरी विकास पूर्वाधार न्यून रहेका वडाहरूमा महानगर
स्तरीय विकासका विशेष कार्यक्रमहरू सञ्चालन गरी सवै वडाहरूलाई समानस्तरमा
पु¥याउदै सवै महानगरवासीहरूलाई समृद्ध महानगरका गौरवशाली नागरिकको
अनुभूति दिलाइनेछ ।
महानगरलाई स्मार्ट सिटीका रूपमा विकसित गर्ने साथ
ैयस वरपरका गाउँ पालिका र
नगरपालिकाहरूलाई स्याटालाइट सहरका रूपमा विकास गर्न आवश्यक समन्वय
गरिने छ ।
सुगम यातायातको व्यवस्था सहितको एकीकृत सामूहिक आवास व्यवस्था मार्फत
सुकुम्वासी मजदुर एवं अव्यवस्थित बस्तीहरूको व्यवस्थापन गरिने छ ।
पोखरालाई प्रदेशको राजधानी मात्र नभई, कोरलादेखि त्रिवेणीसम्मको स्थलमार्ग र
केरूङ, काठमाडौ, पोखरा हँुदै लुम्बिनीसम्मको रेलमार्गमा जोडेर नेपालकै प्रमुख
व्यापारिक केन्द्र र पर्यटकीय गन्तव्यका रूपमा विकसित गरिने छ ।
आवश्यकता अनुसार बस बिसौनी, प्रतीक्षालय, सवारी पार्किङ, जेब्रा क्रसिङ्ग, पैदल
मार्ग, साइकल लेन, फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजसहित वैज्ञानिक ढङ्गले
ट्राफिक व्यवस्थापन गरिने छ ।
सहकारी एवं निजी क्षेत्रको सहभागितामा आधारित आत्मनिर्भर तथा समृद्ध अर्थतन्त्रको
निर्माण र विकास गर्दै महानगरको समृद्धिका लागि गैरआवासीय नेपाली संघको
सहयोगमा वैदेशिक तथा बहुराष्ट्रिय लगानीकर्तालाई आकर्षित गरी अन्तराष्ट्रिय
शहरहरू सँगको भगिनी सम्वन्धलाई निरन्तरता प्रदान गर्दै महानगरको अन्तराष्ट्रिय
सम्वन्धलाई मजबुत वनाइनेछ ।
नदी, खोला, ताल तथा जलाधार संरक्षण गरी सवैखाले प्रदूषण नियन्त्रणमार्फत
पर्यावरण सन्तुलन मार्फत क्लिन सिटी ग्रिन सिटी को रूपमा महानगरलाई विकास
गरिने छ ।
घरघरमा स्नातक, टोलटोलमा प्राविधिक, वडावडामा स्वास्थ्यकेन्द्र, बस्तीबस्तीमा जेष्ठ
नागरिक क्लब, सुविधा सम्पन्न शिशुकेन्द्र, नदी किनारा तथा पर्र्ती जमिनमा
सार्वजनिक उद्यान एवं सहरी पूर्वाधार सम्पन्न, ई–गभर्नेन्स सेवा सहितको सूचना
प्रविधिमा आधारित स्मार्ट महानगर बनाइनेछ ।
महानगरवासीलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकारको ग्यारेन्टी, मनोरञ्जन,
खेलकुद, कला, साहित्य, भाषा, संस्कृति आदिको संरक्षणका साथै महानगरलाई
नेपालको पर्यटन, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको प्रमुख केन्द्रका रूपमा विकसित
गरिने छ ।
भ्रष्टाचारमुक्त राजनीति र कर्मचारी प्रशासन एवं जनताप्रति जिम्मेवार महानगर
प्रशासन वनाउन भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।
वैज्ञानिक आविष्कार, अनुसन्धान र प्राज्ञिक कार्यमा संलग्न युवा वैज्ञानिकहरू,
अनुसन्धाता र प्राज्ञहरूका रचनात्मक कार्यहरूमा आवश्यक सहयोग पु¥याइनेछ ।
अबको छ महिनाभित्र आम जनताका सुझावहरूलाई समेत समेट्दै विज्ञहरूको
सहयोगमा पोखरा लेखनाथ महानगरको अल्पकालीन तथा दीर्घकालीन विकाससम्बन्धी
विस्तृत गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
महानगर आफैले विभिन्न संघसंस्थासग समन्वय तथा सहकार्य गरी विभिन्न क्षेत्रमा
लगानी गरी समृद्ध महानगर निर्माणको नीति लिइनेछ ।
सभासद् मित्रहरू,
यस महानगरपालिकाका चालू आर्थिक वर्षका कार्यक्रमहरू निम्नानुसार रहेका छन् ।

पूर्वाधार तथा यातायात
जनतालाई पायक पर्ने स्थानमा महानगरको प्रधान कार्यालय स्थापना गर्नुका साथै
प्रत्येक वडाका लागि अत्यावश्यक सेवा सञ्चालन गर्न मिल्ने पूर्वाधारयुक्त कार्यालय
भवन निर्माण गरी सेवा प्रदान गरिने छ ।
महानगरका ३३ बटै वडाहरूलाई एकआपसमा सडक सञ्जालबाट जोड्दै वडानं ३२
को लामे आहाल देखि ३३ को बाघमारा हुदै बिरौटासम्म निर्माणाधीन वैकल्पिक
मार्गलाई छिटो सम्पन्न गर्न पहल गरिने छ ।
महानगर उज्यालो कार्यक्रम अन्तरगत सडकमा सौर्य बत्ती जडान गर्ने कार्यलाई
निरन्तरता दिदै आवश्यक स्थानमा शौचालय, स्वच्छ पिउने पानी सहितका सर्भिस
स्टेसनको निर्माण गरिने छ ।
पार्किङ व्यवस्थालाई प्रभावकारी बनाई महानगरभित्र सम्वन्धित निकाय सँगको
समन्वयमा आवश्यक ठाँउमा सि.सि.क्यामरा जडान गरी ट्राफिक बत्ती समेतको
व्यवस्था गरिने छ ।
नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड बिपरीत
कार्य गर्ने कार्यलाई निरूत्साहित गरी कानुनी दायरामा ल्याइनेछ । विषेशज्ञ समेतको
प्रतिनिधित्व रहने समितिद्वारा निर्माण भएका संरचना तथा विकास आयोजनाको
अनुगमन तथा सुपरिवेक्षण गरी व्यवस्थित गरिने छ ।
महानगर भित्र ढलनिकास समस्यालाई समाधान गर्न सम्भाव्यता अध्ययन गरी
कार्यक्रम अगाडि बढाइने छ ।
महानगरपालिका भित्र बिगतदेखि सञ्चालित क्रमागत योजनाहरूलाई आगामी
आ.व.मा पनि निरन्तरता दिईनेछ भने मर्मत संभार कोषलाई व्यवस्थित बनाउन
आवश्यक कार्यविधि बनाई कार्यान्वयनमा ल्याइनेछ ।
महानगरपालिका क्षेत्रको व्यवस्थित, दीर्घकालीन एवम्वातावरण मैत्री दिगो विकासको
लागि भू—उपयोग गुरू योजना तर्जुमा गरी आवास क्षेत्र, सार्वजनिक क्षेत्र, खुला एवम्
हरियाली क्षेत्र, सार्वजनिक पार्क, वन, कृषि तथा सुरक्षित क्षेत्रको पहिचान गरी
कार्यान्वयनमा ल्याइनेछ ।
पोखराभित्र मेट्रो रेल सञ्चालनको सम्भाब्यता अध्ययन गरिनुका साथै पोखरा लुम्बिनी
फास्ट ट्रयाककोसम्भाव्यता अध्ययन गरिने छ ।
 अन्नपूर्ण पदमार्गलाइ विश्वकै उत्कृष्ट पदमार्गको रुपमा निर्माण तथा विकासका
लागि सहकार्य तथा समन्वय गरिने छ ।
महानगर जनशक्ति व्यवस्थापन
महानगर सेवाको प्रयोजनका लागि आवश्यक पर्ने कर्मचारीहरूको सागठनिक ढाचा ,
दरबन्दी निर्धारण ,कार्य विवरण र अस्थायी ÷ करार कर्मचारीहरुको ब्यवस्थापन गर्न
एक समिति गठन गरिनेछ ।
महानगरको लागि आवश्यक पर्ने जनशक्ति भर्ना गर्न, बढुवा र सेवा सम्बन्धी अन्य
व्यवस्था गर्नका लागि नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको
पदमा कार्यरत वा सेवा निवृत्त व्यक्तिको अध्यक्षतामा आवश्यक विषेशज्ञ सहितको
तीन सदस्यीय महानगर सेवा आयोग गठन गरिने छ ।
आवश्यकता अनुसार कर्मचारी तथा नगर प्रहरीको तालिम, प्रशिक्षण आदिको
व्यवस्थापन गरिने छ । सोकोलागि सेवा निवृत र भू.पू.हरूको समेत ज्ञान र सिपको
उपयोग गरिने छ ।
अवकाश कोषको व्यवस्थापन गरी कार्यरत कर्मचारीहरू मध्ये स्वेच्छिक अवकाश लिन
चाहने व्यक्तिहरूलाई सेवा निवृत्त गर्ने व्यवस्था मिलाइने छ ।
सहकारी एवं वित्तीय संस्थाहरूको व्यवस्थापन
सहकारी संस्थाहरूलाई नियमन र व्यवस्थापन गरिनुका साथै बैंकहरूसँगको सहकार्यमा
एक वडा एक बैंकको नीति मार्फत समृद्धिको यात्रा सहकारी र बैंकहरूसँगको
सहयात्राको नारालाइ सार्थक पारिनेछ ।
दैनीक उपभोग्यवस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन, वितरण र
विक्री गर्ने सहकारीलाई विशेष छुट तथा अनुदानको व्यवस्था गरिनुका साथै प्रमुख
बस्तीहरूमा सुपथ मूल्यका सहकारी पसल सञ्चालन गर्न प्रोत्साहन गरिने छ ।
नागरिकहरूलाई उत्पादन कार्य र आयआर्जनमा सहभागी बनाउन परम्परागत ज्ञान
तथा सिपमा आधारित स्थानीय कुटिर उद्योग, लघु उद्यम, साना सेवा वा व्यवसाय
सञ्चालन गर्न वित्तीय संस्थासँगको समन्वयमा सरल र विनाधितो ऋणको
व्यवस्थाकालागि पहल गरिने छ ।
सञ्चारः टी.भी.÷एफ. एम. सञ्चालन
महानगरभित्र सञ्चालनमा रहेका र सञ्चालनमा आउने एफ.एम.रेडिया तथा
टी.भी.को प्रसारण, सञ्चालन, दर्ता, नवीकरण आदि सम्बन्धी आवश्यक नीति बनाई
व्यवस्थित गरिने छ ।
महानगरका कार्यक्रम, सेवा तथा योजनाका बारेमा महानगरवासीलाई सुसूचित गर्न
हाम्रो महानगर मुखपत्र प्रकाशन गरिने छ । महानगरको पहलमा मेट्रो एफ.एम.
संचालन गरिने छ ।
महानगरका सम्पूर्ण वडाहरूमा इन्टरनेट सुविधासहित विभिन्न प्रकारका टेलिफोन सेवा
र भर्चुअल पुस्तकायलय सुविधा उपलब्ध गराउनुका साथै वस टर्मिनल, विमानस्थल
जस्ता निश्चित सार्वजनिक स्थलहरूमा निशुल्क इन्टरनेट सुविधा प्रदान गरिने छ ।
स्थानीय कर
महानगरबाट लिइने कर, राजस्व, शुल्क आदि व्यवस्थित र नियमन गरिने छ । हाम्रो
महानगर हाम्रो कर, समृद्ध वनाउने हाम्रै रहर भन्ने नारालाई साकार पार्न नियमित
कर तिर्ने करदातालाई सम्मान गरिने छ ।
प्रगतिशील कर प्रणालीका आधारमा करको दायरा बढाइनेछ र सीमान्तकृत एवं
सुविधा वञ्चित समूहको भलाईका लागि प्रयोग गरिने छ ।
घर जग्गा पास, नक्सा पास, कर–राजस्व भुक्तानी र कुनै पनि सिफारिस लिने
प्रयोजनका लागि प्रदान गरिने नागरिक सेवालाई सहज र व्यवस्थित बनाइनेछ ।
नागरिकता, उत्पीडित तथा गरिबी र फरक क्षमता भएको प्रमाणित गर्न गरिने
सिफारिसलाई निशुल्क गरिने छ ।
एकीकृत कर प्रणालीलाई अझ वैज्ञानिक बनाई निरन्तरता दिइनेछ ।
महानगरीय सेवाको व्यवस्थापन
महानगर प्रमुखको अध्यक्षतामा महानगरभित्र एउटा अधिकार सम्पन्न ग्तष्ष्तिथ
क्भचखष्अभ ब्गतजयचष्तथ गठन गरी सडक, खानेपानी, बिजुली, दुरसञ्चार, फोहर
व्यवस्थापन, ढलनिकास आदिका एकिकृत सेवा र सुविधा प्रदान गरिने छ ।
सहरी सुरक्षा जोखिम न्यून गर्न मुख्य सहरी क्षेत्रभित्रका सम्बन्धित निकाय सँगको
समन्वयमा टेलिफोन तार हटाई अप्टिकल फाइबर जडान गरिने छ भने बिजुलीका
तारहरूलाई अण्डरग्राउण्डेड गर्ने कामलाई प्राथमिकता दिइनेछ ।
महानगरका तर्फबाट तालिमको व्यवस्था गरी स्थानीय तहमा इलेक्ट्रिसियन, प्लम्बर,
कार्पेन्टर, मेसन जस्ता प्राविधिक उत्पादन गरी वडाका टोलटोल र बस्तीबस्तीमा
सहज, सरल र द्रुत गतिमा स्थानीय सेवा प्रवाह गरिने छ ।
महानगरवासीहरूलाई पायक पर्ने स्थानबाट सेवा प्रदान गर्नका लागि
आवश्यकताअनुसार प्रधानकार्यालय, वडाकार्यालय, सेवा केन्द्र तथा उपसेवाकेन्द्रहरूको
समेत व्यवस्था गरिने छ ।
भूतपूर्व सैिनक, प्रहरी तथा सेवा निवृत्त शिक्षक, प्राध्यापक एवं राष्ट्रसेवकहरूको उचित
सम्मान गर्दै वहाँहरूको अनुभव, ज्ञान, सिप र दक्षतालाई आवश्यक सुविधासहित
महानगरको विकासमा परिचालन गरिने छ ।
स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन
सार्वजनिक तथा सरकारी सम्पत्तिको अभिलेख राखी संरक्षण र सदुपयोग गरिने छ
साथै मानव संशाधन, प्राकृतिक स्रोत साधन, धार्मिक, सास्कृतिक, पुरातात्विक सम्पदा
आदिको अभिलेखीकरण र अद्यावधिक गरी व्यवस्थित गरिने छ ।
विपन्न तथा न्यून आय भएका नागरिक, फरक क्षमता भएका नागरिक, बालश्रमिक,
सडक बालबालिका, हिंसा पीडित महिला, अल्पसंख्यक जाति र द्वन्द्ध पीडितको
अभिलेख तीन महिना भित्र तयार पारिनेछ ।
बेरोजगार युवाहरूको योग्यता अनुसारको लागत तीन महिना भित्र सङ्कलन गरिने छ ।
आम नागरिकहरूलाई स्मार्टकार्ड मार्फत सेवा प्रदान गर्न आवश्यक कार्ययोजना
बनाइने छ ।
वैदेशिक रोजगारीमा रहेका तथा गैरआवासीय नेपालीको अभिलेख तयार गरिने छ ।
महानगरीय विकास आयोजना तथा परियोजनाहरू
कम उर्वर र जोखिम कम भएका स्थानहरूमा बस्ती विकास कार्यक्रम लागू गरिने छ ।
एकीकृत बस्ती विकास कार्यक्रमद्वारा सुकुम्वासी, मजदुर र भूमिहीनहरूलाई एक
परिवार एकघर कार्यक्रम कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गरिने छ ।
पोखरालाई प्रदेश नं. ४ को राजधानी बनाउने गरी पूर्वाधार विकास गर्ने र प्रदेश
कार्यालयलाई आवश्यक जग्गा उपलब्ध गराउन पहल गरिने छ ।
महानगर भित्र निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई समयमा
नै सम्पन्न गर्न पहल गरिने छ ।
अन्तराष्ट्रिय स्तरको सभाहल, स्टेडियम, योग तथा ध्यान केन्द्र अत्याधुनिक बस
टर्मिनल, यातायातका साधनको लागि पार्किङको सम्भाव्यता अध्ययन गरिने छ ।
महानगरवासीको सेवा र सुविधाका लागि सार्वजनिक यातायात सेवालाई थप
व्यवस्थित गरिने छ । मेट्रो बस सञ्चालनकालागि सम्भाव्यता अध्ययन गरिने छ ।
सेती नदी, विजयपुर, फिर्के, खुदी आदि खोलाहरूको संरक्षणगर्दै आवश्यक ठाउँहरूमा
पुल र पैदल मार्गहरू निमार्ण गरिने छ साथै सेती नदी किनारका घाटहरूलाई
व्यवस्थित गर्दै आवश्यकता अनुसार विद्युतीय सवदहनस्थल निर्माणका लागि
सम्भाव्यता अध्ययन गरिने छ ।
सेती नदी र फिर्के खोला करिडोरमा हरियाली वेल्ट विकास गर्ने, गुप्तेश्वर गुफा बाट
महेन्द्रगुफासम्म र फेवाताल देखि वेगनास रूपाताल सम्म साइकल टे«ल निर्माण गरिने
छ ।
आधारभूत, माध्यामिक र उच्च शिक्षा
आवश्यकता अनुसार नयाँ सामुदायिक विद्यालय खोल्ने, मर्ज गर्ने, कक्षा वृद्धि गरी
समुदायको हितमा प्रयोग गरिने छ । संस्थागत विद्यालयको दर्ता, नवीकरण र
अनुगमन गरिने छ । महानगरका सवै वालवालिकालाई आधारभूत तथा माध्यामिक
तहसम्म निःशुल्क शिक्षा उपलव्ध गराई साक्षर महानगर वनाउने नीति अबलम्वन
गरिने छ ।
विपन्न तथा न्यून आय भएका अभिभावकहरूका बालबच्चाहरूलाई विद्यालय
पठाउनका लागि पोशाक, खाजा र पाठ्यसामाग्रीको व्यवस्था गरिने छ । वालवच्चा
विद्यालय नपठाउने नागरिकलाई महानगरबाट प्राप्तहुने सेवा सुविधाबाट वञ्चित गरिने
छ । समयानुकूल सार्वजनिक विद्यालयको स्तर बृद्धि गरिने छ ।
आवश्यकता अनुसार महानगरभित्र प्राविधिक शिक्षालय कार्यक्रम लागू गर्न सामुदायिक
विद्यालयहरूमा व्यवहारिक र प्राविधिक शिक्षा लागु गर्न आवश्यक पहल गरिनुका साथै
विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई उच्च शिक्षामा अभिप्रेरित गर्न
विशेष महानगर छात्रवृत्ति कार्यक्रम लागु गरिने छ ।
विभिन्न खाले परामर्श सेवा केन्द्र, निजीस्तरमा सञ्चालित ट्युशन तथा कोचिङ सेन्टर,
भाषा तालिम तथा प्रशिक्षण केन्द्रलाई नियमन गरिने छ ।
पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन आवश्यक पहल गरिने छ ।
आधारभूत स्वास्थ र सरसफाई
हाम्रो अभिभारा स्वच्छ सुन्दर पोखरा कार्यक्रमलाई निरन्तरता दिदै महानगरीय स्वास्थ्य
नीति तयार गरिने छ ।
महानगरभित्र फोहर व्यवस्थापनका लागि प्रत्येक टोलटोलमा कुहिने, र नकुहिने
फोहरमैला सङ्कलन गर्ने कन्टेनरको व्यवस्था व्यवस्था मिलाइने छ ।
फोहरलाई मोहरमा परिणत गर्न महानगरको फोहर सङ्कलन गरी सोको प्रशोधनबाट
ऊर्जा (विद्युत र ग्याँस) र कम्पोस्ट मल उत्पादनका लागि प्रस्ताव आह्वान गरिने छ ।
महानगर भित्र न्यूनतम पाँच स्थानमा सार्वजनिक शौचालयको निर्माण र सञ्चालन
गरिने छ ।
आधारभूत स्वास्थ्य सेवा, भ्याक्सिन र खोपहरु निःशुल्क गरिने छ ।
सुविधायुक्त पशु बधशालाको निर्माण गरिने छ ।
आधारभूत स्वास्थका लागि प्रत्येक वडामा एम्वुलेन्स सेवा सहितको स्वास्थ केन्द्र
स्थापना गरी महानगरबासीलाइ दक्ष चिकित्सकद्वारा स्वास्थ सेवा प्रदान गरिने छ ।
बालबालिका र गर्भवती महिलाका लागि मोबाइल स्वास्थ्य सेवा मार्फत निशुल्क
स्वास्थ्य सेवाका प्रबन्ध गरिनुको साथै गर्भवती महिला र नवजात शिशुलाई पौष्टिक
आहारका लागि भत्ताको व्यवस्था गरिने छ ।
नागरिकहरुको स्वास्थ बिमाको क्रार्यक्रमलाई अनिवार्य र प्रभावकारी रुपमा लागु गरिने
छ । पोखरा–लेखनाथ सवैका लागि स्वास्थ्य सेवा उपलव्ध भएको महानगरमा
रुपान्तरित हुनेछ र औषधिहरु सरल र सुलभ रुपमा उपलब्ध गराउन औषधि
पसलहरुलाई नियमन गरिने छ ।
निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाहरुलाइ व्यवस्थित र नियमन गरिने छ ।
पोखरामै मुटुरोगको शल्यक्रिया गर्न मिल्ने ब्यवस्था मिलाउनका लागि मुटुरोग सम्बन्धि
सेवा बिस्तारमा जोड दिईनेछ ।
स्थानीय बजार व्यवस्थापन
महानगर भित्रका साना तथा ठूला व्यवसाय तथा पसलहरूलाई व्यवस्थित र नियमन
गरिने छ ।
फुटपाथमा पैदल आगमनमा सहज बनाउन फुटपाथका व्यापारी र व्यवसायीलाई
एकीकृत व्यापारिक केन्द्र तोकी मिनि मार्केटको व्यवस्थाद्वारा व्यापार व्यवसायको
प्रवर्धन गर्न प्रोत्साहित गरिने छ ।
सहरका मुख्य भागहरूमा पार्किङ्ग सुबिधा सहितका सुपरमार्केट र मल सञ्चालन गर्न
प्रोत्साहित गरिने छ ।
महानगरभित्रका ग्रामीण वस्तीहरूमा स्थानीय उत्पादन विक्रीका लागि साप्ताहिक
हाटबजारको व्यवस्था गरिने छ ।
वातावरण तथा जैविक विविधता
नगरक्षेत्र भित्रका मुख्य राजमार्ग तथा शाखा सडक र खुला स्थानहरूमा गैर सरकारी
संघ संस्था, ईच्छुक व्यक्ति, तथा विकास साझेदारसँगको सहकार्यमा हरियाली विकास
तथा ग्रिनवेल्ट निर्माण गरी ग्रीन सिटी क्लिन सिटी अभियानलाई सफल पारिनेछ ।
महानगरभित्र निर्माण हुने प्रत्येक घरमा एक घर २ रूख को नीति अवलम्वन गरी
वातावरण शुद्धीकरणमा योगदान पु¥याइनेछ ।
बालबालिकाको लागि मनोरञ्जन र सिर्जनात्मक प्रेरणाका लागि प्रत्येक वडाहरूमा
आवश्यक क्रीडास्थल तथा पार्कको व्यवस्था गर्नुका साथै बसुन्धरा पार्कलाई वाटर फन
पार्क निर्माण गरिने छ ।
सुन्दरीडाँडास्थित पचभैया सामुदायिक वन क्षेत्र र तालपारीको रानीवनलाई जैविक
विविधता संरक्षण केन्द्र बनाई प्राकृतिक चिडियाखानाको रूपमा विकास गरिने छ ।
शान्तिवन वाटिकालाई वोटानिकल गार्डेनका रूपमा विकास गर्न वनविज्ञान अध्ययन
संस्थान, पोखरासँग समन्वय गरिने छ । पञ्चासेमा प्राप्त सुनाखरीको संरक्षण गर्दै
सुनाखरी संरक्षण क्षेत्रका रुपमा विकास गरिने छ ।
महानगरभित्रका ९ वटै तालहरुको अतिक्रमण रोकी संरक्षण, प्रवर्धन र विकास गर्न
पहल गरिने छ ।
सडक र सिंचाइ
कृषि सडकहरूको स्तरोन्नति र विस्तार गर्नुका साथै महानगर भित्रका कृषि तथा
पशुपालन क्षेत्रहरूलाई नगरको मूल बजारमा जोड्नका लागि आवश्यक सडक सन्जाल
निर्माण गरिने छ ।
प्रत्येक वडाका केन्द्रलाई टोल र गाउँहरूसंग जोडने सडकहरूको विस्तार र स्तरोन्नति
गरिनेछ ।
महानगरभित्र र बाहिर गरी तीनवटा चक्रपथको निर्माण गर्न सम्भाव्यता अध्ययन
गरिनेछ ।
महानगरभित्र नमुनाको रुपमा एउटा ५०० मीटर सम्मको टनेल मार्गको निर्माण गर्न
संभावना अध्ययन गर्ने कार्य सुरु गरिने छ ।
पूर्व पश्चिम लोकमार्गको शिशुवाबाट, काहूँ, भलाम लामाचौर हेम्जासम्म ट्राफिक वत्ती
सहितका वाइपास सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने छ ।
सेती नदी, हर्पन खोला, सुरौंदी खोला, विजयपुर खोला आदि क्षेत्रहरूमा आवश्यकता
अनुसार पुल, पुलेसा र कजवे निमार्ण गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।
महानगरभित्रका खेतीयोग्य जमिन तथा बाँझो जमिनमा आवश्यक सिंचाईको व्यवस्था
गरी कृषि उत्पादन बढाइनेछ ।
स्थानीय अदालत, मेलमिलाप
महानगरको विकास र नागरिकहरूको सुविधाका लागि मेलमिलाप तथा मध्यस्थता
सेवालाई प्रभावकारी बनाइनेछ ।
महानगर अदालत तथा मेलमिलाप सम्बन्धी कार्यहरूको व्यवस्थापन र सञ्चालनका
लागि महानगर न्यायिक समिति मार्फत न्यायलाई प्रभावकारी र सर्वसुलभ बनाइने छ

कृषि तथा पशुपालन
समग्र कृषि क्षेत्रको विकासको दीर्घकालीन योजना वनाइने छ । उच्च मूल्य पर्ने र
निर्यात सम्भावना भएका वाली पहिचान गरी उत्पादनलाई प्रोत्साहन गरी निर्यातमा
प्राथमिकीकरण गरिने छ ।
खेतीयोग्य विशेष क्षेत्रलाई प्राङ्गारिक क्षेत्र घोषणा गरी प्राङ्गारिक खेतीको विस्तार गरिने
छ । आधुनिक कृषि पद्धतिको माध्यमबाट कृषिक्षेत्रको बिकास गरिने छ ।
यस महानगरको वडा नं. ३१ मा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न लि वर्ड संँग
समन्वय गरी कार्यक्रम अगाडि बढाइनेछ ।
कृषि कर्जा सरल बनाई सहुलियत व्याजदरमा कृषि ऋणको व्यवस्था मिलाउन
आवश्यक पहल र समन्वय गरिने छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषिमा
रोजगारी प्रदान गर्न विषेश ब्यवस्था मिलाइने छ । खेतीयोग्य जमिनलाइ वाझो राखिने
छैन, भूिम बैकको व्यवस्थासँगै कृषकहरुलाई पेन्सनको व्यवस्था मिलाउन आवश्यक
समन्वय गरिने छ ।
कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायमुखी बनाउदै महानगरलाई
तरकारी ,मासु ,दुध र अण्डा उत्पादनमा आत्मनिर्भर वनाइनेछ ।
कृषि तथा पशुजन्य उपजको सङ्कलन र विक्रीका लागि कृषि बजार केन्द्रहरु, शीत
भण्डारण एवं चिस्यान केन्द्रहरु बनाउन सम्भाव्यता अध्ययन गरिने छ ।
छाडा चौपाया नियन्त्रणका लागि आवश्यक नियम बनाउँदै चौपाया छाडा
छोड्नेहरुलाई कारवाही गरिने छ, छाडा कुकुरको नियन्त्रण गरिने छ र घरपालुवा
कुकुरलाई आफ्नो घर बाहिर लगी फोहोर गर्नेलाई सजायको दायराभित्र ल्याइनेछ ।
घरजग्गा धनीपुर्जा वितरण तथा भू—उपयोग नीति
घरजग्गा धनी पुर्जा अद्यावधिक गर्ने र वितरणकार्य नागरिकका घरदैलो मै पु¥याउने
व्यवस्था मिलाइनेछ ।
बिगत समयमा सुकुम्बासी आयोगबाट वितरित सेतोपुर्जालाई रातोपुर्जामा परिणत गर्न
पहल गरिने छ ।
नापी नक्सा, घर÷जग्गा धनीपुर्जा र घर नम्बरलाई मिलान गरी भौगोलिक सूचना
प्रणाली ९न्क्ष्क्० मा आधारित अद्यावधिक अभिलेख तयार गर्ने अभियान शुरू गरिने छ

सार्वजानिक जग्गा प्रकृतिक सम्पदा आदि भएको स्थानमा विभिन्न विद्यालय, आमा समुह,
क्लव संघ, र अन्य सामाजिक संस्थाहरूले शुल्क लिने, भवन वनाई भाडा आर्जन गर्ने
गरेकाले त्यस्ता जग्गा एवं सम्पदाहरूको लगत लिई आवश्यक प्रक्रिया पुरागरी
महानगरपालिकाको स्वामित्वमा ल्याउने नीति अवलम्वन गरिने छ ।
महानगरपालिका क्षेत्रमा जग्गा खण्डीकरण गरी विना स्वीकृति प्लानिङ्ग गर्ने कार्यलाई
कानूनी दायरामा ल्याउन एकीकृत जग्गा विकास योजना स्वीकृति नलिएसम्मका लागि
कित्ता काट गर्ने र नक्सापास तथा अन्य भौतिक संरचनाको निर्माणको लागि सिफारिस
तथा स्वीकृति रोक्का राख्ने नीति लिइनेछ । यस नीतिको विपरित गएमा सम्वन्धित
जनप्रतिनिधि र कर्मचारीहरूलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याइनेछ ।
सार्वजानिक जग्गा संरक्षण निर्देशिका तयार गरि लागु गरिने छ ।
जेष्ठ नागरिक र अशक्त वृत्ति
जेष्ठनागरिकले पाउदै आएको सामाजिक सुरक्षा भत्तामा महानगरका तर्फबाट १०
प्रतिशत थप गरी घर–दैलोमा गई प्रदान गरिनेछ ।
एकल महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, टुहुरा, सीमान्तकृत र
लोपोन्मुख समुदायका लागि राज्यको तर्फबाट सामाजिक सुरक्षाको ग्यारेन्टी गर्दै
यातायात, स्वास्थ्य र शिक्षा सेवामा निःशुल्क गर्न आवश्यक समन्वय गरिनेछ ।
हरेक वर्ष विश्व जेष्ठ नागरिक दिवस (अक्टुवर १) मा महानगरका सवै भन्दा जेष्ठ
महिला र पुरूषलाई महानगर माता र महानगर पिता को सम्मान प्रदान गरिनेछ ।
बेरोजगारीको समाधान
बेरोजगार युवाहरुको योग्यता र क्षमता अनुसारको सिप प्रदान गर्न व्यवसायिक तथा
प्राविधिक तालिम दिनुका साथै युवाहरुलाई उद्यमशीलता विकासमा प्राथमिकता दिइनेछ ।
बेरोजगार युवाहरुलाई आवश्यक सिप, प्रविधि, अनुदान र सहुलियत ऋणको व्यवस्था गर्न
आवश्यक समन्वय गरी स्वरोजगारीका लागि प्रोत्साहित गरिने छ । रोजगारी सिर्जना गर्ने
उद्योग, व्यबसाय र सेवालाई कर छुटको व्यवस्था गरिनेछ ।
खानेपानी, ऊर्जा र वैकल्पिक ऊर्जा
महानगर भित्रका ग्रामीण बस्तीमा एक घर एक धाराको व्यवस्था गर्नुका साथै
महानगरका व्यस्त क्षेत्रहरू तथा सार्वजनिक स्थलमा धाराबाट सोझै पिउन मिल्ने शुद्ध
पानीको व्यवस्था गर्न आवश्यक पहल गरिने छ ।
खानेपानी लाईन विस्तारमा खानेपानी संस्थानसँग समन्वय गरिने छ ।
अव्यवस्थित एवं अनाधिकृत रूपमा बोरीङ गरी खानेपानी विक्रि वितरण गर्ने कार्य बढ्दै
गएकाले त्यसलाई भूबनोट हेरी खानेपानी संस्थानको सिफारिसमा करको दायरामा ल्याई
स्विकृति लिएर मात्र कार्य गर्ने नीति लिईने छ ।
जाइका नेपालद्वारा सञ्चालित मर्दी खानेपानी योजना कार्यन्वयन तर्फ आवश्यक समन्वय
र सहयोग गरिने छ ।
सेती नदी, विजयपुर खोला, सुरौदी तथा अन्य खोलाहरूमा साना जल विद्युत
आयोजना सञ्चालन गर्न वैदेशिक रोजगारमा रहेको व्यक्तिहरूको निश्चीत पूँजी संग्रह
गरी रेमिट्यन्स कोषको व्यवस्था गरिने छ । उक्त कोषलाई सुरक्षाको प्रत्याभूति सहित
जल विद्युत क्षेत्रमा लगानी गरी रेमिट हाइड्र«ोको विकास र प्रवर्धनको पूर्वाधार तयार
गरिने छ ।
कुनै समय खानेपानी र विद्युत सेवा अनियमित हुने भएमा त्यसको पूर्व जानकारी
महानगरवासीलाई गराईनेछ ।
सोलार ऊर्जा जडानमा अनुदान र छुटको व्यवस्थासहित महानगरका सबै टोलका
सडकहरूमा सोलार बत्ती जडान गरी हाम्रो नगर उज्यालो सहर अभियानलाई सफल
पारिनेछ ।
सार्वजनिक शौचालयहरूमा बायोग्यास प्लाण्ट जडान गर्ने व्यक्ति वा संस्थालाई प्राविधिक
सहयोगसहित अनुदानको व्यवस्था गरिने छ ।
विपद् व्यवस्थापन
महानगरमा भूकम्प, आगलागी, बाढी पहिरो, चट्याङग जस्ता दैवी प्रकोप, दुर्घटना
आदिको विपद व्यवस्थापन महाशाखाद्वारा कार्य सम्पादन गर्दै प्रादेशिक सरकार र केन्द्र
सरकारसँगको समन्वयमा एउटा विपद्व्यवस्थापन कोष संचालनमा ल्याईनेछ ।
प्रत्येक वडामा सहयोगि युवा क्लब बनाएर जोखिम व्यवस्थापनमा दक्ष बनाई तत्कालिन
उद्धार तथा सहयोगमा लगाइनेछ ।
जलाधार र बन्यजन्तु
महानगर भित्रका फेवा, वेगनास, रूपा लगायत नौवटै तालहरूको अतिक्रमणलाई
रोकिनेछ । तिनीहरूको जलाधारमा भूक्षय तथा प्रदूषण नियन्त्रण गरी पर्यावरण तथा
जैविक विविधताको संरक्षण र सम्र्बधन गरिनुका साथै जलाधार एवं तालहरूको
संरक्षणबाट प्राप्त जग्गालाई सामूहिक र आधुनिक खेतीका लागि प्रयोगमा ल्याउने नीति
अवलम्वन गरिने छ ।
महानगर भित्रका वन तथा जङ्गलहरूको संरक्षण र नियमन गरिने छ साथैसार्वजनिक
बाँझो जमिनहरूमा वृक्षारोपण गर्न पे्ररित गरिने छ ।
वन्य जन्तु संरक्षणका लागि विशेष संरक्षित क्षेत्रहरू बनाईने छन् । घाइते वन्यजन्तु
तथा चराहरूको उद्धार र उपचारका लागि सरोकारवाला निकायसंग समन्वय गरी
पुर्नस्थापन गरिने छ ।
खानी तथा खनिज
महानगरमा रहेका खानी तथा खनिज पदार्थको संरक्षण र नियमन गरिने छ ।
महानगरभित्र रहेका सेती, काली, विजयपुर, कोत्रे तथा फुस्रे नदी तथा खोलामा रहेका
गिटी, ढुङ्गा, वालुवा, बेसमाटो आदिको उत्पादन र उल्खनन र संरक्षणका लागि
आवश्यक व्यवस्था मिलाइनेछ ।
महानगरभित्र रहेका विभिन्न खानी तथा खनिज स्रोतको अन्वेषण कार्य यसै बर्षदेखि
सुरू गरी संरक्षण र उपयोगका लागि आवश्यक नीति निर्माण गरिने छ ।
महानगरीय सुशासन
सुशासनका लागि आर्थिक पारदर्शिता भन्ने नीति कार्यान्वयन गर्न प्रमुख तथा
उपप्रमुख लगायत कार्यपालिका सदस्यहरूले २०७४ श्रावण मसान्तभित्र आफ्नो
सम्पत्ति विवरण सार्वजनिक गरिने छ ।
जनतालाई दिइने सेवालाइ चुस्त, द्रुत र सरल वनाउनका लागि सबै वडा
कार्यालयहरूलाई महानगरपालिकासँग द्यचयबम द्यबलम ९ज्ष्नज क्उभभम०
क्ष्लतभचलभत बाट नेट–वर्किग गरी पेपर लेस, ई–गर्भनेन्सको थालनी गरिने छ ।
भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दैे भ्रष्टाचार गरेको पाइएमा
नियमानुसार कडा कार्यवाही गरिने छ ।
स्थानीय सरकारबाट प्रदान गरिने सेवालाइ जनउत्तरदायी बनाउन महानगरपालिका र
प्रत्येक वडाकार्यालयहरूमा नागरिक बडापत्र, हेल्प डेस्क, नागरिक भेला, सार्वजनिक
सुनवाइ, अनुगमन संयन्त्र र कार्यप्रणालीलाई पारदर्शी वनाउँदै महानगरको वेबसाईटमा
राखिनेछ ।
महानगरवासीका लागि शिक्षा, स्वास्थ्य, यातायात लगायतका आधारभूत सेवा र दैनिक
उपभोग्य बस्तुहरू सहज र सुपथ मूल्यमा प्राप्त हुने व्यवस्था मिलाइनेछ ।
यस आर्थिक बर्षमा कम्तिमा ६० प्रतिशत बेरूजु फस्र्यौट गरिने छ ।
भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास
महानगरभित्रका रैथाने जातिको पहिचान र संस्कार झल्कने गरी पोखरा संग्राहालयको
स्तरोन्नति गरिनुका साथै सांस्कृतिक गाँउहरुको पहिचान र विकास गरी पर्यटन
प्रवर्धन गरिने छ ।
स्थानीय स्तरमा प्रचलित समुदायको आफ्नै मातृभाषामा आधारभूत शिक्षा प्राप्त गर्ने
व्यवस्था मिलाउन पाठ्यपुस्तक बनाई सम्बन्धित भाषा भाषीहरुको बाहुल्यता रहेका
क्षेत्रका विद्यालयमा लागु गर्न पहल गरिने छ ।
महानगरभित्र आपसी सामाजिक सद्भावलाई सुदृढ तुल्याउन साँस्कृतिक पर्वहरु
ल्होसार, ट्होंटे, ईद, जनैपूर्णीमा, गाइजात्रा, माघे संक्रान्ति आदिलाई प्रादेशिक पर्वको
मान्यता दिलाउन आवश्यक पहल गरिने छ ।
परम्परागत पेसा, व्यवसाय र लोपोन्मुख कला, ज्ञान र सिपको पहिचान गरी सोको
संरक्षण र सम्बर्धनका लागि आवश्यक कार्यक्रम बनाई लागूगरिने छ ।
शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति, कला, साहित्य आदिको विकासमा योगदान पु¥याउने
व्यक्तित्वहरुलाई नवरत्न सम्मानद्वारा सम्मानित गर्ने कार्यलाई निरन्तरता दिइनेछ
विविध कार्यक्रमहरू

महानगर अनुसन्धानशाला स्थापना गरी खगोल विज्ञान, प्राकृतिक विज्ञान र सामाजिक
विज्ञानका विविध विषयवस्तुको अध्ययन अनुसन्धान गराउनुका साथै एक
एबिलभतबचष्गm सहितको पोखरा ब्अबमझथ या क्अष्भलअभ बलम
त्भअजलययिनथ स्थापना गर्न पहल गरिने छ ।

भौतिकपूर्वाधार निर्माण र प्रविधि, वातावरण र पर्यावरण र समाज विज्ञानको
परामर्शका लागि क्रमशः पश्चिमाञ्चल क्याम्पस, इ.अ.सं. लामाचौर, पोखरा क्याम्पस,
वनविज्ञान अध्ययन संस्थान, हरियोखर्क र पृ.ना.क्याम्पस बगर लाई प्राथमिकता
दिइनेछ ।

महानगरका सबै वडाहरूमा सार्वजनिक पुस्तकालय र युवा लक्षित व्यायमशाला र
आवश्यकताअनुसार व्यायम सामाग्री राख्न आवश्यक पहल गरिने छ ।

सडक बालबालिकाका लागि संरक्षण र पुर्नस्थापनाका लागि छात्राबास, आवश्यक
शिक्षा र प्राविधिक ज्ञान प्रदान गर्दै रोजगार वा स्वरोजगारद्वारा समाजमा
पुनस्र्थापनाको व्यवस्था गर्न पहल गरिने छ । महिला मनोचिकित्सा सेवा तथा महिला
सुरक्षा घरको स्थापना गरिने छ ।

पोखरा क्षेत्रको पर्यटकीय आकर्षणका आधार क्षेत्र अन्नपूर्ण राउन्ड ट्रेक, अन्नपूर्ण तथा
माछापुच्छ«े, बेस क्याम्प ट्रेक, धौलागिरी राउन्ड ट्रेकको प्रवद्र्धन एवं बेगनासबाट मादी
नदी दुध पोखरी हुँदै मनाङ सम्मको पदमार्ग विकास गर्न सम्बन्धित निकायसँग
समन्वय गरी कार्यक्रम सञ्चालन गर्न पहल गरिने छ ।

पोखरा उपत्यकाको आसपासमा रहेका काहुँकोट, अर्मलाकोट, कालिका ठूलाकोट,
कास्कीकोट, सराङकोट, रूपाकोट, याङजाकोट, पुम्दीकोट, लम्तरीडाँडा, भालेचुचुरो,
पाखुरीकोटलाई व्यवस्थित हाइकिङ्ग केन्द्रका रुपमा विकास गर्नुका साथै मट्टीखान
निर्मलपोखरी भरतपोखरी रिजलाइन क्षेत्रमा पदयात्रा पर्यटन तथा ग्रामीण घरबास
पर्यटन विकास गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

समग्र पोखरा क्षेत्रमा रहेका धार्मिक, साँस्कृतिक, प्राकृतिक आकर्षणका सम्पदाहरुलाई
पर्यटकीय केन्द्रको रुपमा विकास गर्न बाटुलेचौर, भलाम, कास्कीकोट, पुम्दीकोट,
मट्टीखान, भरतपोखरी, बेगनास, रुपाकोट लगायतका क्षेत्रमा पर्यटन गतिविधिको
विकास र विविधीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

खेलकुदको विकास र प्रवर्धन गर्न विद्यालय र महाविद्यालय स्तरका प्रतियोगिताहरू
सञ्चालन गरिने छ साथै उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा छात्रावृत्तिको व्यवस्था
गरिनेछ ।

 

युवाहरूलाई व्यायाम र खेलकुदप्रति आकर्षण गरी स्वस्थ र रचनात्मक बनाउन
सहयोग गरिने छ । पोखरामा अन्तराष्ट्रिय स्तरको रङ्गशाला निर्माण गरी अन्तराष्ट्रिय
स्तरको खेलकुद एकेडेमी प्रतियोगिता सञ्चालन गर्न सक्ने सहरकोरूपमा विकास गरी
खेलकुद पर्यटनलाई प्रवर्धन गरिनेछ ।

 शिक्षा स्वास्थ तथा कृषि जस्ता आधारभूत सेवाका लागि वडामा सेवा कार्यालयहरु
खोलिनेछ ।

स्थानीय जनताको आवश्यकता र सुझावलाई आधार मानी अल्पकालीन र दीर्घकालीन
योजना निर्माण गरी कार्यान्वयन गरिने छ ।

दीर्घकालीन कार्यक्रमहरू

महानगरका सवै वडाका साथै सीमावर्ती गाउहरूलाई समेत जोडने गरी ३ वटा
चक्रपथको संभाव्यता अध्ययन गरी राजमार्गहरूसँगको कनेक्टीभिटीमा जोड दिनुका
साथै सडकको स्तरीकरण गरी सडक सञ्जाललाई जि.पि.एस. सिस्टममा राखिने छ ।
केरूङ्ग काठमाण्डौ हुदै पोखरा बाट लुम्बिनी सम्म रेलमार्ग सञ्चालन र कोरला–
भैसालोटन नाका हुदै अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन गर्न प्रादेशिक सरकार एवं संघीय
सरकारसँग सहकार्य गरिने छ ।

रूपाताल र बेगनासतालको संम्भाव्यता अध्यययन गरी सुन्दरी डाँडामा तालको पानी
लिफ्ट गरेर जलविद्युत उत्पादन र विक्री वितरण गरी त्यस स्थानलाई पर्यटन क्षेत्रको
रूपमा विकास गरी महानगरको आयस्रोतमा वृद्धि र रोजगार प्रवद्र्धन गरिने छ ।
सेती÷मादीको जल प्रवाह गरी फेवाताल र वेगनास ताललाई जलमार्गबाट जोडन
संभाव्यता अध्ययन गरिने छ ।
आगामी ५ वर्षभित्र पोखरालेखनाथलाई देशकै उत्कृष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना
प्रविधि र वातवरण मैत्री महानगरपालिकामा रूपान्तरण गरिने छ ।


बजेट बक्तब्य

अध्यक्ष ज्यू, तथा सभासद ज्यूहरु ,

उपरोक्त नीति तथा कार्यक्रमहरुलाई सफल कार्यान्वयन गर्न आगामी आर्थिक
बर्ष २०७४÷०७५ मा आय तर्फ कर तथा राजश्व वाट रु. १ अर्व ३८ करोड ४०
लाख, राजश्व बाडफाड बाट रु . ३ करोड, अन्य आय वाट रु. ५ करोड गरी रु १
अर्व ४६ करोड ४० लाख अनुमान गरेको छु जुन कुल बजेटको ४०.७१ प्रतिशत हुन
आउछ ,

यसैगरी बाह्य तर्फ अन्तर सरकारी बित्तिय हस्तानतरण बाट रु. २ अर्व ३१
करोड ९२ लाख ५३ हजार आठ सय र जनसहभागिता २५ करोड ५० लाख गरी कुल
रु २ अर्व ५७ करोड ४२ लाख ५३ हजार आठ सय गरी जम्मा ४ अर्व ३ करोड ८२
लाख ५३ हजार आठ सय आय प्रस्ताव गरिएको व्यहोरा यहाँहरु समक्ष पेश गर्न
चाहन्छु ।

यसै गरि व्यय तर्फ विभिन्न कोष व्यबस्थापन तर्फ रु. १५ करोड ५० लाख (
३.८३५), पूर्वाधार विकाश क्षेत्र तर्फ रु. १ अर्ब ३६ करोड ५३ लाख १८ हजार (
३३.८०५), वातावरण तथा विपद व्यबस्थापन क्षेत्र तर्फ रु. १३ करोड ६५ लाख
१० हजार (३.३८५),

सामाजिक विकाश क्षेत्र तर्फ

रु. १५ करोड १० लाख (
३.७३५), आर्थिक विकाश क्षेत्र तर्फ रु. २ करोड ३० लाख (०.५६५),वित्तिय
व्यबस्थापन तथा सुशासन क्षेत्र तर्फ रु. ४ करोड १० लाख (१.०२५) ,सस्थागत
विकाश तथा सेवा प्रबाह क्षेत्र तर्फ १ करोड २५ लाख (०.३१५) तथा ससर्त अनुदान
रु ७८ करोड ३९ लाख ३१ हजार (१९.४१५),

 

सामाजिक सुरक्षा भता

रु ४७ करोड ५लाख २४ हजार ८ सय (११.६५५), लागत सहभागिता १५ करोड (३.७१५), फोहोर
मैला ब्यवस्थापन ९ करोड (२.२३५ ) , प्रशाशनिक खच ३० करोड ८४ लाख
सत्तरी हजार (७.६३५), वडागत बजेट विनियोजन ३५ करोड १० लाख ( ८.७०
५) गरि कुल व्यय रु ४ अर्व ३ करोड ८२ लाख ५३ हजार आठ सय अनुमान गरेको
छु ।

अध्यक्ष ज्यू तथा सभासद ज्यू हरु ,
बजेट आफैंमा तथ्यमा आधारित अनुमान हो । यसको लक्ष्य प्राप्तीका
लागि हाम्रो एक्लै प्रयास मात्र सम्भव छैन । तसर्थ माननीय संसदज्यूहरु,
राजनितिक दल, सम्पूर्ण संघ, संस्था, तथा सम्पूर्ण नगरवासिहरुको सामुहिक
प्रयासवाट मात्र यो संभव छ । समग्र पोखरा नगरको विकास वाट समृद्धि
प्राप्तिको लक्ष्य लाई ठोस रुपमा अगाडि वढाउदै तर्जुमा भएका योजनाहरुलाई
प्रभावकारी र वैज्ञानिक कार्यान्वयन गर्न सवैतिरवाट यथोचित सहयोग हुनेछ
भन्नेमा पूर्ण विश्वस्त छु ।
प्रस्तुत वजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रकृयामा प्रत्यक्ष तथा
परोक्षरुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण कार्यपालिका सदश्य ज्यू हरु,सभासद
ज्युहरु , नगरस्थित क्रियाशिल राजनितिक दलहरु ,नगरवासी दाजुभाई तथा
दिदिवहिनीहरु, कर्मचारी मित्रहरुलाई पुनः धन्यवाद दिन चाहन्छु । पोखराको
विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, दात्री निकाय सहयोगी
संघ संस्था तथा निकायहरु, निजी क्षेत्र प्रति म पोखरा लेखनाथ
महानगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गदै आगामी दिनमा पनि
सहयोग निरन्तररुपमा प्राप्त हुने छ भन्ने विश्वास गर्दछु ।

धन्यवाद ! !
जय पोखरालेखनाथ ! ! जय पोखरालेखनाथवासी जनता ! ! !