‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार हुम गुरुङलाई प्रदान


पोखरा – यस वर्षको ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार हुम बहादुर गुरुङलाई प्रदान गरिएको छ । समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष कर्मा गुरुङद्धारा स्थापित फोनिज कास्की द्धारा प्रदान गरिने ‘कर्म कर्ण‘ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७४ विगत १६ वर्षदेखि पोखरामा आदिवासी जनजातिको पक्षमा आवाज उठाउर्र्द ै आएका हुम बहादुर गुरुङलाई प्रदान गरिएको हो । बिहिबार पोखरामा आयोजित एक कार्यक्रमका वीच पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, तमुधि नेपालका अध्यक्ष कर्म तमुले संयूक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

लामो समयदेखि पोखरामा जनजातिको पक्षमा आवाज उठाउदै आएका पत्रकार हुम बहादुर गुरुङलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार कर्म गुरुङ्गको वैवाहिक वर्षगाठँको अवसर पारी एक समारोहका बीच प्रदान गरिएको हो । पुरस्कारको राशी नगद १५ हजार, दोसल्ला र सम्मान पत्र रहेको छ ।

यस्तै सोहि कार्यक्रममा यस वर्षको ‘जनसेवा श्री पदक’ बाट सम्मानित हुनुभएका कर्म गुरुङ्ग, अशोक पालिखे, छयाम थापा र तिर्थ श्रेष्ठ तथा हालैमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएका सुन्दरकुमार श्रेष्ठ सहित स्थानिय तहको निर्वाचित जनजातिका पदाधिकारीहरुलाई समेत सस्थाले सम्मान गरेको थियो । कार्यक्रम फोनिज कास्कीका अध्यक्ष एम बी आस्थाको अध्यक्षतामा भएको थियो भने संचालन सचिव भुपाल गुरुङले गरेका थिए ।