पोखराको लेकसाईडबाट हतियारसहित ८ जना पक्राउ


पोखरा  – पोखराको लेकसाईडबाट हतियारसहित ८ जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनबाट ग २ च  ४१३३ नम्बरको गाडीमा पेस्तोल र गोली सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सुचनाका आधारमा तनहुँ दुलेगौंडाका ८ जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । हतियार कहाँबाट किन लिएर आएका हुन् भन्नेबारेमा अनुसन्धान भईरहेको उनले बताए ।

पक्राउ परेकाहरु जग्गा कारोबारी रहेको बताइएको छ । उनीहरु मध्ये केही यसअघि पनि तनहुँमा हतियार खरखजाना मुद्धामा पक्राउ परेर कार्वाही भोगिसकेको अधिकारीले जानकारी दिए ।