कर्म कर्ण पत्रकारिता पुरस्कार हुम गुरुङलाई


 पोखरा – यस वर्षको ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार हुम बहादुर गुरुङलाई प्रदान गरिने भएको छ । समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष कर्मा गुरुङद्धारा स्थापित फोनिज कास्की द्धारा प्रदान गरिने ‘कर्म कर्ण‘ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७४ विगत १६ वर्षदेखि पोखरामा आदिवासी जनजातिको पक्षमा आवाज उठाउर्र्द ै आएका हुम बहादुर गुरुङलाई प्रदान गरिने भएको हो ।

फोनिज कास्कीद्धारा गठित पुरस्कार छनौट समितीका संयोजक सरस्वती गुरुङ, फोनिजका सल्लाहकार राजबहादुर गुरुङ र फोनिज अध्यक्ष एमबी आस्था मगरको आइतबार सम्पन्न बैठकले लामो समयदेखि पोखरामा जनजातिको पक्षमा आवाज उठाउदै आएका पत्रकार हुम बहादुर गुरुङलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार आगामी असार २९ गते कर्म गुरुङ्गको वैवाहिक वर्षगाठँको अवसर पारी एक समारोहका बीच प्रदान गरिने छ । गुरुङलाई नगद १५ हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरिने छ ।

यस्तै सोहि कार्यक्रममा यस वर्षको ‘जनसेवा श्री पदक’ बाट सम्मानित हुनुभएका कर्म गुरुङ्ग, अशोक पालिखे, छयाम थापा र तिर्थ श्रेष्ठ तथा हालैमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएका सुन्दरकुमार श्रेष्ठ सहित स्थानिय तहको निर्वाचित जनजातिका पदाधिकारीहरुलाई समेत सस्थाले सम्मान गर्नेछ । सोही अवसर पारी फोनिज कास्कीले स्थानिय तहको काम कर्तब्य र अधिकार बिषयक बृहत छलफल समेत गरिने फोनिज कास्कीका अध्यक्ष एम बी आस्थाले जानकारी दिए ।