सुभाष र रामुको जोडी, बसन्तमा पनि


स्विटजरल्याण्ड । नेपाली गीत-संगितको क्षेत्रमा प्रबासबाट निरन्तर सक्रिय रहेका परिचित गायक सुभाष सुन्दास र संगितकार रामु परियारले आ-आफ्नो फेसबुकमार्फत “बसन्त” बोलको गीतको भिडियो कभर भर्सन सार्वजनिक गरेका छन् ।

मूल संस्करणमा जेमपिटि रकर्जको आवाज रहेको उक्त्त गीतमा सुभाष सुन्दासले स्वर र रामु परियारले संगीत  दिएका छन् । भिडियोको प्रकाशन र प्रचारप्रसारमा नेपालीनेपाली डटकम र नेपालस्विस डट कमको सहकार्य र बिशेष सहयोग रहेको कलाकार द्वयले बताएका छन् ।

कलाकारहरुले नेपालीनेपाली डटकमको तेस्रो बार्षिकोत्सव समारोहमा केहि राष्ट्रिय गीतहरु समेत प्रस्तुत गर्ने भएका छन्।