फेवातालमा हराएकाको खोजीमा संलग्न एक प्रहरी जवानको डुबेर मृत्यु


पोखरा – पोखरा महानगर पालिका १८ स्थित चंखपुरको फेवातालमा हराएकाको खोजीमा संलग्न एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । सोमबार माछा मार्न गएका दुई युवा हराएपछी उनीहरुको खोजीमा गएका प्रहरी जवानको मंगलबार बिहान डुबेर मृत्यु भएको हो।

हराइरहेका मध्ये पोखरा लेखनाथ महानगरपालिका–३ नदीपुरका ललित पुन भेटिएपछी उनलाई निकाल्न गएका प्रहरी जवान पर्बत घर भई हाल पश्चिम शसस्त्र प्रहरी गण पोखरामा कार्यरत बल बहादुर कुँवरको डुबेर मृत्यु भएको हो ।

कुवरलाई तत्काल उद्दार गरि उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोखराबाट ७ जनाको समूह माछा मार्न गएकोमा उनीहरु पामे नजिकैको चंखपुरस्थित फेवातालमा सोमबार दुई जना बेपत्ता भएका थिए ।

कुवँर नेपाल प्रहरीको रेस्क्यु टिमका सदस्य हुन् । बेपत्ता युवाको खोजीका क्रममा उनी सहित रेस्क्यु टिमका प्रहरी सहायक निरिक्षकको कमाण्डमा ८ प्रहरी संलग्न थिए । पोखरा हेम्जाका उनी यसअघि विभिन्न समयमा पोखराको सेती नदी, डेभिड फल्स लगायतका स्थानमा खसेका तथा तालमै डुवेका ब्यक्तिहरुको उद्धारमा समेत संलग्न थिए । सोमवार खोलामा डुवेर बेपत्ता भएका ललित सहित इन्द्र पुनको पनि शब निकालिएको छ ।