पहिरोमा परि पोखरामा दुईको मृत्यु, एक जना बेपत्ता , सेती नदी किनारमा चिरा पर्दै भासियो


पोखरा- अभिरल वर्षाका कारण पहिरो आउदा पोखरामा दुईको मृत्यु भएको छ भने खोलाले बगाउदा एक जना बेपत्ता भएकी छन् । राती आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ पस्याङ पाखामा तारापति अधिकारीको घर पहिरोले पुरीदा पाहुना आएका अधिकारीको सालीकी छोरा १४ वर्षिय टंक क्षेत्रीको मृत्यु भएको हो ।

pic 4

राती करीब साढे २ बजेतिर आएको पहिरोले घर बगाउँदा पुरिएका उनलाई प्रहरीले उद्धार गरेर अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो । अधिकारीकी श्रीमती घाइते भएकी छन् । मृतक टंक क्षेत्री पोखरा धर्मस्थली माविमा कक्षा ८ मा पढ्थे ।

त्यसै गरि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ अकलामा पहिरोले घर नजिकै रहेको ब्लकले बनेको भान्साघर बगाउँदा ४० वर्षिया शोभा पौडेलको मृत्यु भएको छ । उनलाई पहिराले बगाएर कबिर २ सय मिटर तल लगेको प्रहरीले जानकारी दिएको छ । भान्साघर नजिकै रहेको पक्की घरमा भने क्षेति पुगेको छैन ।

सो पक्की घरमा सुतेका शोभाका करीब १५ वर्षिय छोरा सकुशल छन् । शोभाका श्रीमान भने बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको बताइएको छ । त्यसै गरि शनिवार बेलुका फुसेखोला तर्ने क्रममा एक महिलालाई बगाएको छ । प्रहरीले उनको खोजी गरिरहेको जानकारी दिएको छ । वर्षाका कारण पोखरा ठाउँ ठाउँमा भासिएको छ ।

pic 2

सेती नदी किनारमा चिरा पर्दै भासियो 

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ७ र १५ को सेती नदी किनारमा चिरा पर्र्दै भासिएको छ । वर्षा भएको बेलामा राती पहिरो सगँ ठुलो आवाज आएको थियो ।

पहिरो गएको थर्काएका कारण नजिकका घरहरु बस्नेहरुले भूकम्पको धक्का गएको जस्तो महसुस गरेको बताए । पहिरो गए पछि आइतबार सर्वसाधरणको हेर्न भिड् लागेको छ । सेती नदी तलबाट बगेको छ भने ढिस्को माथीनै अड्कीएको छ ।

seti river

पोखराको सराङकोट जाने बाटो अवरुद्ध 

अविरल बर्षाका कारण सडक भासिदा पोखराको सराङकोट जाने अवरुद्ध बनेको छ । सडक भासिदा सराङकोट जाने आउने सवारी सञ्चालनमा आउन सकेको छैन । सडक करिब ५ मिटर लामो र करिब आधा मिटर तल भसिएको हो । तलबाट पहिरो गएका कारण सडक भासिएको स्थानीयले बताएका छन् । सडक भासिए पछि सराङकोट जाने आउने पर्यटक र कास्कीकोट जाने सर्वसाधारणलाई कठिनाई भएको छ ।

सेतीमा ताल

पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा बढेको बाढीले रामघाटको मुख थुनिदा ठूलो ताल बनेको छ । रामघाट थुनिएपछि नदी किनारमा बस्ने करीब ५० परिवार जोखिममा परेका छन् ।

पानी पर्न रोकिएकाले पानीको वहाव घट्न थालेपनि फेरी पानी पर्ने सम्भावना रहेकाले स्थानिय त्रसित बनेका छन् । सो क्षेत्रमा हरेक वर्ष रामघाट थुनिदा स्थानिय समस्यामा पर्ने गरेका छन् ।

Ramghat pic