अम्विका भण्डारी र चन्द्रावती वाग्लेको माइती देशै झलल सार्वजनिक


पोखरा – साहित्यकार तथा लोकगायिका अम्विका भण्डारी र चन्द्रावती वाग्लेको सयुक्त प्रस्तुती माइती देशै झललको भिडियो सार्वजनिक भएको छ । सफलता मिडिया प्रा.लि (रेडियो सफलता १०३.४ मेगाहर्जको) आयोजनामा भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी कोइरालाले लोक संस्कृतिको क्षेत्रमा निरन्तर लागेर वर्षैा पिच्छे तिजेभाका बजारमा ल्याउन सफल अम्विका भण्डारीको खुलेर प्रशंसा गरिन् । लोक संस्कृतिको संरक्षणमा संचारमाध्यमहरु लाग्नुपर्ने बेला आएको बताउँदै उनले रेडियो सफलताले यो प्रयास गरेकोमा आभार प्रकट गरिन् ।

pic teej

कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले मौलिकता तथा संस्कार र संस्कृतिमा आधारित गितको संरक्षणमा अव सवैजना लाग्नुपर्ने बेला आएको बताए । सष्ट्रा साहित्यकार तथा लोक गायिका अम्बिका भण्डारी र चन्द्रावती वाग्लेले आम नागरिकको साथ सहयोग र प्रेरणाले यसरी मौलिक लयमा आधारित तिजेभाका बजारमा ल्याउन सफल भएका भन्दै सवैलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत बसन्त चालिसे, सृजना मा. वि का प्राचार्य डोलराज पाण्डे,साहित्यकार गौरी तमु, समालोचक तथा प्रगतिशिल लेखक संघका अध्यक्ष भिम रानाभाट, मुक्तकमञ्च पोखराका अध्यक्ष सरु लमिछाने लगायतले बोलेका थिए ।

एकदशकदेखि साहित्य, संगीतको क्षेत्रमा लागेकी लोकगायिका अम्बिका भण्डारीले २०७० सालदेखि निरन्तर नेपाली लोकलयमा आधारित तिजेभाका बजारमा ल्याउँदै आएकी छिन् ।