सुडानको घोटाला प्रकरणमा दुई पूर्वआइजीपी सहित चार जना जेल चलान


काठमाडौं – सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।

पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ । बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो ।

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चले पूर्व आईजीपी राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना र  हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो । यस्तै, पुर्व एआईजी थाङ्देनलाई ५० हजार जरिवाना एक वर्ष कैद र  पुर्व डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकेको थियो । सर्वोच्चले दोषी ठहर गरेका पुर्व आईजीपी रमेशचन्द्र ठकुरी लगायत भने फरार रहेका छन् ।