जलकुम्भी झार फाल्न डेढ करोडको मेशिन ल्याइने


पोखरा – पोखरा लेखनाथ महानगरपालिकामा स्थानिय तहको निवाचन सम्पन्न भएपछि निर्वाचित भएका जनप्रतिनिधिले तालहरुको संरक्षणका लागी पहल सुरु गरेका छन् । बर्षायामसंगै तालहरुमा आउने जलकुम्भी झारले तालहरु कुरुप बन्ने गरेका छन् । तालमा बर्षेनी आउने जलकुम्भी झारको ब्यवस्थापनका लागी पोखरा लेखनाथ महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले अत्याधुनिक औजार(मेशिन) खरिद गर्ने निर्णय गरेको छ ।  जननिवाचित महानगरको कार्यपालिकाको पहिलो बैठकले औजार खरिदका लागी कार्य अगाडी बढाउने निर्णय गरेको पोखरा लेखनाथ महानगरपालिकाका उप–प्रमुख(उपमेयर) मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

फेवातालमा आउने जलुकुम्भी झार पोखरेलीका लागी टाउको दुखाई भएको थियो । मेशिन खरिद भएपछि जलकुम्भी झार ब्यवस्थापनका लागी सहज हुने अपेक्षा गरिएको छ । झारका कारण फेवातालमा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकलाई ढुङगा सयरमा समेत कठिन हुने गरेको छ । फेवातालको जलकुम्भी झार निकाल्न भन्दै विभिन्न संघसंस्थाले महानगपालिकाबाट पैशा समेत लाने गरेका थिए ।

उक्त मेशिन खरिदका लागी निवाचन क्षेत्र विकास कोशबाट ५० लाख रुपैयाँ निकाशा भएको र त्यसमा अपुग रकम पोखरा महानगरपालिकाले ब्यवस्थापन गर्ने गरि मेशिन खरिदको निर्णय भएको उपप्रमुख गुरुङले बताइन् । उक्त मेशिनको मुल्य १ करोड ५० लाख रुपैयाँ पर्ने बताइएको छ ।

मेशिन खरिदका लागी यसअघिनै कुरा भएको र निवाचन क्षेत्र विकास कोषबाट रकम समेत विनियोजन भएकाले कार्यपालिका बैठकबाट निर्णय गरिएको उनले बताइन् ।‘ फेवाताल, बेगनास, रुपाताल सहित तालतलैयाको संरक्षण अन्र्तगत जलकुम्भी झार ब्यवस्थापनको लागी निर्वाचन क्षेत्र विकास कार्यक्रबाट निकासा गरिएको रकममा अपुग ९० लाख बाह् हजार आन्तरीक स्रोतबाट ब्यहोर्ने गरि अत्याधुनिक औजार खरिद गर्ने कार्य अगाडी बढाउने निर्णय भएको छ’उपप्रमुख गुरुङले भनिन्, उक्त मेशिन खरिदका लागी पर्न आएका बोलपत्रहरुको मुल्याङकन् गर्ने कार्यमा सम्वन्धित वडा अध्यक्षहरुलाई आमन्त्रण गर्ने निर्णय समेत बैठकले गरेको छ ।