बेल्जियमका सैनिकहरुले, बम हमलाकारीलाई गोली हानी मारे


बेल्जियमका सैनिकहरुले एक जना संदिग्ध आत्मघाती बम हमलाकारीलाई ब्रसल्सको सेन्ट्रल स्टेशनमा गोली हानी मारिदिएका छन्। प्रहरीले ती व्यक्तिले बम सहितको ‘भेष्ट’ लगाएको जस्तो देखिएको र उसले एउटा सानो विस्फोट गराएको जनाएका छन्। सैनिकहरुले घटनास्थलमै उक्त व्यक्तिमाथि गोली चलाएका थिए। संघीय अभियोजकहरुले उनी मारिएको पुष्टि गरेका छन्। यो समाचार बीबीसी नेपाली सेवाबाट लिएका हौ।

अरु कोही पनि घाइते भएका छैनन्। ब्रसल्सको मध्य भागमा रहेको उक्त सेन्ट्रल स्टेशन र नजिकैको चोकमा रहेका पर्यटकहरुलाई सुरक्षित स्थानमा जान भनिएको थियो।

अघिल्लो वर्ष जिहादीहरुले ब्रसल्सको विमानस्थल र मेट्रो प्रणालीमा घातक हमला गरेपछि सैनिकहरुले ब्रसल्समा गस्ती गर्दै आएका छन्।