ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मिति असार १४ मा गर्ने या नगर्ने भन्ने विषयमा अन्योलता उत्पन्न भएको छ । राजपालाई निर्वाचनमा ल्याउने दलहरुको प्रयासले सार्थकता पाउन नसकेपछि निर्वाचन अन्योलमा परेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । ११ जनाको मृत्यु हुने गरी दैलेखमा भएको बस दुर्घटनाको खबरलाई पनि पत्रपत्रिकाहरुले आज प्राथमिकताका साथ लेखेका छन् ।