कर्मचारीले भष्ट्राचार गरेको प्रमाण फेला पारे तत्काल कार्वाही : उपमेयर गुरुङ


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका उप्रमुख(उपमेयर) मञ्जुदेवी गुरुङले कर्मचारीले भष्ट्राचार गरेको प्रमाण फेला पारे तत्काल कार्वाही गरिने बताएकी छन् ।

बिबिसीले पोखरामा बुधबार आयोजना गरेको साझा सबाल कार्यक्रममा उनले पोखरा महानगरपालिकाका कुनैपनि कर्मचारीले सेवाग्राहीसंग रकम लिएको प्रमाण सहित आए कार्वाही गरिने बताउदै त्यस्ता कर्मचारीलाई कार्यालयमा बस्ने अधिकार नभएको बताइन् ।जनतालाई सेवा दिने नाममा कसैले दुःख दिने र अलमल्याउने काम गरेमा सिधै आफनो कार्यकक्षमा आउन समेत उनले आग्रह गरिन् ।

उनले पोखरालाई वातावरण, अपाङग, बालबालिकामैत्री र महिलाहिंसा मुक्त शहर बनाउने बताइन् ।‘पोखरा महानगरपालिकालाई समृद्ध बनाउन सवैको सहयोग र साथ लिएर अगाडी बढने छौ र निवाचनका बेला गरिएका प्रतिबद्धतालाई पुरा गर्नेगरि अगाडी बढने छौ ।’ उनले नेपाल बहुजाती, बहुभाषिक, बुहसांस्कृति र विभिन्न जातजातीको फुलबारी भएको बताउदै पोखरा लेखनाथ महानगरभित्र रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणमा महानगर लागीपर्ने बताइन् ।

कार्यक्रममा अधिकांश प्रश्न महानगरपालिकाका कर्मचारीहरु भष्टाचारमा डुबेको बताउदै त्यसलाई सुधार गर्न र मापदण्ड विपरितको निर्माणकार्य रोक्दै युवायुवतीलाई लक्षित गरेर स्वरोजगारमुलक योजना ल्याउन अधिकांश ब्यत्तिले आग्रह गरेका थिए ।