नेपालीनेपाली डटकमले तेस्रो बार्षिकोत्सव जर्मनीमा मनाउने


बार्सिलोना/ “सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकमले तेस्रो बार्षिकोत्सव जर्मनीमा मनाउने भएको छ। आगामी जुलाई २८ तारिख फ्रयांकफर्टमा एक भब्य समारोह बीच बार्षिकोत्सव  मनाउन लागेको हो। युरोपको लोकप्रिय अनलाईन न्युज पोर्टलको रुपमा परिचित नेपालीनेपाली डटकम आगामी जुलाई देखि तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गर्दै छ।

यसअघि मिडियाले आफ्नो पहिलो र दोस्रो बार्षिकोत्सव समारोह स्पेनको बार्सीलोनामा सफलता पुर्बक सम्पन्न गरेको थियो। गत बर्षको कार्यक्रममा मिडियाले बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान समेत गरेको थियो।यस्तै “ युरोप बर्ष व्यक्तित्व सम्मान” तथा कलाकारिता क्षेत्रबाट योगदान दिने व्यक्तित्वलाई पनि हरेक बर्ष सम्मान गर्दै आएको छ।

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले यस बर्षको कार्यक्रम झनै चुनौतीपूर्ण रहेको बताएका छन्। उनले भने,”हरेक बर्ष नयाँ -नयाँ सोचका साथ बार्षिकोत्सव मनाउने प्रयास गरेका छौ,यसपटक पनि नेपाली समुदायलाई केही सन्देश दिन सकिने गरी तयारी थाल्ने छौ। स्पेन बाहिर युरोपको नेपाली समुदाय माँझ पुग्ने प्रयास छ,कार्यक्रम सफल पार्न ठुलो चुनौती त छ नै तर नेपालीनेपाली डटकमलाई उचाईमा पुर्याउँने बिश्वास लिएका छौ।”

सन् २०१४ मा स्थापित मिडियाले देशमा बिनाशकारी भूकम्प गएको बर्ष “गाउँ फर्क अभियान” को सन्देश सहित पहिलो बार्षिकोत्सव सम्पन्न गरेको थियो। यस्तै गत बर्ष नेपालको पर्यटन प्रर्वद्वनका लागि बिशेष सामाग्रीहरु प्रस्तूत गर्दै दोस्रो बार्षिकोत्सव मनाएको थियो। “हाम्रो भाषा र संस्कृति,पहिचानको आधार स्तम्भ” भन्दै बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र सस्कृति सिकाउन प्रेरित गर्न तेस्रो बार्षिकोत्सव कार्यक्रम केन्द्रित रहने मिडियाले जनाएको छ।

  • कार्यक्रम बारे पूर्ण बिबरण
  • मिति:- जुलाई २८ तारिख,२०१७
  • स्थान :- HOTEL HOCHSTER HOF MAINBERG 3
  • 65929 फ्रयांकफर्ट  जर्मनी
  • समय:- दिउँसो १२ देखि ३ बजे सम्म