मेलानद्धारा ४ सय बढिको रक्त परिक्षण


पोखरा । मेडिकल ल्याव्रोटोरी एशोसियसन अफ नेपाल (मेलान) पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा हेपाटाईटिस बि सम्बन्धी सचेतना तथा निशुल्क रक्त परिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रम पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले आफ्नो वडामा यस्तो कार्यक्रम ल्याईएकोमा ख्शी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रममा सहयोग गर्ने बताए ।
2
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष शंकर भण्डारी, पूर्व केन्द्रिय उपाध्यक्ष ललितमान ताम्रकारलगाएतले शुभकामना व्यक्त गरेका थिए । हेपटाईटस बि संक्रमण सम्बन्धमा सहजीकरण जनस्वस्थ्यकर्मी सगुन पौडेलले गरेका थिए । उनले हेपटाईटिस वि भाईरसका कारणवाटा हुने भाईरल संक्रमण हो जुन मानिसको शरिको कलेजोमा संक्रमण गर्दछ । रगत तथा रक्त जन्य पदार्थको सम्पर्क असुरक्षित यौन सम्पर्क तथा शरिरवाट निश्कने अन्य तरल पदार्थहरुको माध्यमबाटा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

उनले पूर्ण रुपमा उपचार नभएता पनि यो संक्रमण खोपको प्रयोगबाट जोगिन सकिने वताउँदै रगत तथा रक्तजन्य पदार्थहरुको प्रयोग गर्नु अगाडि रक्त परिक्षण गर्ने, सुरक्षित यौन व्यवहार गर्ने, संक्रमित बच्चाबच्चिहरुलाई अन्य बच्चाबच्चीहरुसंग सम्पर्कमा नलगाउने वताएका थिए।
1
नेपालमा ५ प्रकारका हेपटाईटिसको संक्रमण पाइन्छ । हेपटाईटिसका कारण हरेक वर्ष आठलाख सतासी हजार जनाको मृत्यु भएको विश्व स्वस्थ्य संगठनको २०१५ तथ्याङ्क रहेको छ । हेपटाईटिसको संक्रमण रोकथामको लागि नेपाल सरकारले सन् २००२ देखी ज्भउ द्य विरुद्धको खोप दिदै आईरहेको छ । उक्त खोप ६, १० र १४ हप्ताको शिशुहरुलाई दिईछ ।

प्रमुख अतिथि वडा अध्यक्ष दर्शन लामाले आफ्नो वडामा कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गर्दै अगामी दिनहरुमा पनि यस्ता कार्यक्रम आयोजना गर्नका लागी वडाले सहयोग गर्ने प्रतिवद्धता गर्दै सस्थालाई धन्यवाद दिए ।
मेलानका क्षेत्रिय अध्यक्ष वासुदेव कोईरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रविन्द्र शर्मा वस्ताकोटी र स्वागत मन्तव्य केन्द्रिय सल्लाहकार राजेन्द्र रानाभाटले गरेका थिए ।