पोले ९ मा नवनिर्वाचित जनप्रतिनिधिको पदस्थापना


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ मा नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुको पदस्थापना कार्यक्रम मंगलबार सम्पन्न भएको छ । वैशाख ३१ गते भएको स्थानिय निकायको निर्वाचनमा वडा नं. ९ मा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष रामराज लामिछाने, महिला सदस्यमा राममाया मानन्धर, दलित महिला सदस्यमा गीता चम्रकार विजयी भएका जनप्रतिनिधिहरुको पदास्थापना गरिएको हो ।
IMG_20170530_112538
पदास्थापना लगतै अध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा वसेको बैठकले भ्रष्टचार मुक्त वडा बनाउने, वडा नं. ९ मा स्थायी बसोबास गर्ने आर्थिक अवस्था कमजोर परिवारलाई दश हजार किरीया खर्चको ब्यवस्था गर्र्ने र सम्पुर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सदस्य सचिव लोकदर्शन कोईराला वताए । वडा सचिव समेत रहेका कोईरालाले जनताले आफ्ना प्रतिनिधि चुनेर पठाएका छन् विजय हुने वा पराजय गराउने काम हेरेर जनताले गर्ने वताए ।
IMG_20170530_113204
नेपाली काँग्रेस वडा नं. ९ की अध्यक्ष उमा ठकुरीले स्वागत गर्दै यो वा त्यो पार्टीको नभनी जनताको पक्षमा काम गर्न आग्रह गरेकी थिईन। पण्डितहरुद्धारा स्वस्ती वाचन र कन्याहरुलाई टिका लगाई अध्यक्ष तथा सदस्यहरु कार्यकक्षमा प्रवेश गरेका थिए।