एर्नेष्टो भाल्भर्डे बने बार्सिलोनाका नयाँ प्रशिक्षक


स्पेनिस क्लव बार्सिलोनाले एथ्लेटिको बिल्वाओका एर्नेष्टो भाल्भर्डेलाई नयाँ प्रशिक्षककमा नियुक्त गरेको छ । भाल्भर्डेले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन् ।लुइस इनरिकेले पद त्याग गरेपछि रिक्त स्थानमा बार्सिलोनाले भाल्भर्डेलाई नियुक्त गरेको हो । १९९७ मा खेल जीवनबाट सन्यास लिएपछि उनले बिल्वाओको युवा टिम सम्हाल्दै प्रशिक्षकको करियर सुरु गरेका थिए । २००३-४ को सिजनमा भाल्भर्डे बिल्वाओकै ए टिमको प्रशिक्षक बनेका हुन् ।

बार्सीलोनाका पूर्व स्ट्राइकर भाल्भर्डेले गत साता एथ्लेटिको विल्बाओ छोड्ने घोषणा गरेका थिए । उनले सन १९८८ देखि १९९० सम्म डच प्रशिक्षक योहान क्रफको नेतृत्वमा बार्सिलोना बाट खेलेका थिए ।