प्रबासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा निर्बाचित


बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनको अध्यक्षमा हेम शेर्पा  निर्बाचित भएका छन् ।मञ्चको चौथौ अधिबेशनबाट बर्तमान उपाध्यक्ष समेत रहेका शेर्पा सर्वसम्मत् चयन भएका हुन् ।

यसअघि अध्यक्ष पदका लागि पुर्ब महासचिव दीपक खरेल र बर्तमान सल्लाहकार अध्यक्ष शिव कुमार लामिछानेले समेत दाबी गरेका थिए । यस्तै कार्यसमितीको उपाध्यक्षमा हेमन्त रानाभाट,बल बहादुर कार्की,महासचिवमा दिनेशराज रेग्मी,उप महासचिवमा हेमप्रसाद पाण्डे निर्बाचित भएका छन् ।यस्तै सचिवमा ऋतु ढुंगाना ,दीपक भट्रराई भुपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कृष्णराम रानाभाट चयन भएका छन् ।

नब निर्बाचित २१ सदस्यीय कार्यसमितीको सदस्यहरुमा हरी बिक, राजेन्द्र तिमील्सिना, ध्रुब भट्ट,तारा अधिकारी,दीपेन्द्र बाबु गजुरेल, गोबिन्द्र तिमील्सिना,नारायण पौडेल,अनन्त लामिछाने, प्रसाद गरभुजा, गोपाल प्रसाद भट्रराई,निर्मला तिवारी र सुन्दर रानाभाट रहेका छन् ।यस्तै केदार नाथ ढुंगनाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिती समेत गठन भएको छ ।

आईतबार बार्सिलोनामा सम्पन्न मञ्चको चौथौ अधिबेशनलाई प्रमुख अतिथिको रुपमा नेकपा एमाले प्रबास समन्वय ईन्चार्ज बिन्दा पाण्डेले उद्घघाटन गरेकी थिईन्।

मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा सँस्थापक अध्यक्ष पुष्पराज तिमील्सिना,एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, प्रर्यटन दूतहरु दीपक खरेल,चिन्तामणि सापकोटा,प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष गोबिन्द पौडेल लगायत स्पेन स्थित संघ सँस्थाका प्रातिनिधिहरुले बोलेका थिए ।