क्षत्री समाजद्धारा नवनिर्वाचित जनप्रतिनिधिको स्वागत


पोखरा। क्षत्री समाज नेपाल पोखरा लेखनाथ महानगरपालीका वडा इकाई समिति ५ ले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । स्वागत कार्यक्रमको प्रमुख अतिथि क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्कीका सदस्य शेरजड्ड अधिकारीले सम्मान गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरु वडा अध्यक्ष धनबहादुर नेपाली, महिला सदस्य अन्जु केसी, दलित महिला सदस्य हरिमाया विक, वडा सदस्यहरु उज्ज्वल खत्री र पुष्पराज वराललाई स्वागत तथा सम्मान गरिएको कोषाध्यक्ष राजेन्द्र खत्रीले वताए ।

कार्यक्रममा वडाध्यक्ष धनबहादुर नेपालीले जनताको सेवामा कटिवद्ध भई लाग्ने तथा सबैको सल्लाह र सहयोग लिदैं काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै वडा सदस्य उज्ज्वल खत्रीले सबै नेपाली एक फुलबारीका फुल सरी हौं, सबै मिलेर वडाको विकास गर्न सके देशको विकास हुनसक्ने वताए ।

इकाई समितिका अध्यक्ष मीनबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा
स्वागत क्षत्री महिला समाज ५ की उपाध्यक्ष सीता केसीले र संचालन सचीव केशव वरालले गरेका थिए ।