निर्माण सामाग्री बजार प्रतिनिधि संघमा गौतम


पोखरा । निर्माण सामाग्री बजार प्रतिनिधी संघ (निसाब), पोखराको बिशेष भेलाले महेशराज गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा ध्रुब कँुवर, सचिवमा प्रेमकुमार खड्का, कोषाध्यक्षमा श्यामप्रसाद अर्याल र सदस्यहरुमा चन्दन गुप्ता, कुन्दन शिह, अब्दुल खान, बाबुराम तिवारी, सुवोध सुवेदी, जिवन कुमार न्यौपाने र चेतन बस्याललाइ चयन गरिएको छ ।

संघले आफ्ना कार्यक्रमहरुलाइ प्रभावकारी बनाउन ६ सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । आगामी बैठकमा अन्य उपसमितिहरु निर्माण गरि कार्यक्रम व्यबस्थित गर्ने सोचका साथ संस्थागत सदस्यता र व्यक्तिगत सदस्यता गरि २ किसिमको सदस्यता प्रदान गरिने सचिव प्रेमकुमार खड्काले वताए।

महेशराज गौतमको अध्यक्षतामा भएको भेलामा स्वागत धु्रब कुँवर र संचालन दिनेशराज विष्टले गरेका थिए।