अव छुकछुक गर्ने हैन्, सुलुलु गर्ने रेल गुडाउछौ : केपी ओली


पोखरा – देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकामा बहुमत वडा सहित मेयर र उपमेयर जितेको एमालेले शनिबार पोखरामा विजय ¥याली सहित सभा गरेको छ । २० वर्षपछि भएको स्थानिय तहको निवाचनमा कास्कीका चार गाँउपालिका र एक महानगरमा स्पष्ट बहुमत ल्याएको छ । एमाले कास्कीले आयोजना गरेको विजय सभामा हजारौ कस्केली जनता सहभागी भए ।

पोखराको चिप्लेढुङगाबाट सुरु भएको विजय ¥याली महेन्द्रपुल, नयाँ बजार, पृथ्वीचोक, बृद्धचोक हुदै अमरसिंहचौरमा पुगेर सभामा परिणत भयो । ¥यालीमा कास्कीका चार गाँउपालिकाका प्रमुख, उप्रमुख, महानगरका मेयर र उपमेयर सहित वडा अध्यक्ष तथा सदस्यहरुसंगै एमाले नेताहरु सहभागी थिए । ¥यालीमा हजारौ समर्थक र कार्यकता सहभागी हुदाँ ¥यालाी ब्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । जनआन्दोलन २०६२÷७३ पछि पोखराको सडकमा निस्किएको ठूलो ¥याली हो ।


पोखराको अमरसिंहचौरमा आयोजित सभालाई सम्वोधन गदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान हतार नभएको बताएका छन् । ‘एमालेलाई अहिले सरकारमा जाने हतारो छैन् तर सहमतीय सरकार आवश्यक छ ।’ ओलीले स्थानियसंगै प्रदेश र केन्द्रीय तहको निवाचनमा बहुमत ल्याएपछि आफनै नेतृत्वमा सरकार बन्ने दावी गरे । ‘अहिले सरकारमा जाने हतारो छैन्, समय आएपछि आफै सरकारमा जान्छ । ’


उनले अहिले राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको बताए । स्थानिय तहको दोश्रो चरण, प्रदेश र केन्द्रीय संसदको निवाचन गर्नका लागी सहमतीको सरकार आवश्यक रहेको रहेको ओलीले बताए ।‘सहमतीको सरकार बनाऔ र संक्रमणकालको अन्त्य गरौ ’उनको भनाई थियो । सहमतीय सरकारको कुरा गर्दा एमाले सरकारमा जान हतारो ग¥यो भन्ने लाग्ला भन्दै सरकारमा जान हामीर्लाइ हतारो छैन् । कात्र्तिक मंसिर सम्म पर्खेर स्पष्ट बहुमत ल्याएर सरकामा जान्छौ उनले भने –‘हामी राजमार्गबाट हिडन छाडेर कान्ला फराँल्दै सरकारमा जाने रहर छैन्’ । उनले संक्रमणकाल अन्त्य र बाँकी निवाचन सम्पन्न गर्नकालागी सवैको सहमती आवश्यक रहेको बताउदै असन्तुष्ट दलहरुलाई पनि सहमतीमा आउन आग्रह गरे । राष्ट्रिय जनता पार्टीले पनि निहु खोज्ने हैन् उनले भने –‘अव सहमतीमा आएर निवाचनमा सहभागी हुनुपर्छ बाँकी रहेका विषयमा निवाचनपछि छलफल गरेर समाधान खोज्न सकिन्छ ।’ उनले सघर्ष गरेर गणतन्त्र , संघीयता, समावेशीता ल्याएको बताउदै त्यसलाई बलियो बनाउन संविधान कार्यान्वयन गदै आर्थिक समृद्धि तर्फ देशर्लाइ अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले मधेशमा एमाले छैन भन्नेहरुलाई निवाचनपछि थाहा पाउने बताए ।


पूर्वप्रधानमन्त्री ओलीले दोश्रो चरणको निवाचन हुन नदिन षड्यन्त्र भैरहेको आरोप लगाए । प्रधानमन्त्रीको राजीनामासंगै निवाचन हुने नहुने अन्यौलता देखिएको बताए ।निवाचन गर्नुपर्नेमा सरकार राजीनामा दिएर हिडेको छ, अव निवाचन हुन्छ की हुदैन् भन्ने शंका उब्जेको छ ओलीले भने । उनले राजपा र रमजान पर्वलाई देखाएर निवाचन हुन नदिने प्रयास भैरहेको बताउदै अव कसैले चाहदैमा निवाचन नरोकिने दावी समेत गरे । उहाँले निवाचनलाई सर्त नवानउन असन्तुष्ट राजपालाई आग्रह गरे । उनले एमाले पार्टी सवैको साझा भएको बताउदै आग्रह पूर्वाग्रह नराखी जनताको काम गर्न आग्रह निवाचित जनप्रतिनिधिलाई आग्रह गरे । ‘एमाले हिमाल, पहाड र तराईका जनताको साझा पार्टी हो, सवैको लागी काम गर्ने हो र हामी जनता विरोधी हैनौ ।’


उनले सरकारले संविधान संसोधन, प्रधानन्यायाधिमाथिको महाअभियोग लगायतका नचाहिने कुरामा देशलाई अल्मल्याएको भन्दै पछिल्लो समय तराईमा स्थानिय तहको संख्या थप्ने कुरामा असहमती ब्यक्त गरे । उनले पोखरा काठमाडौ रेल संचालन गर्ने बताए । उनले आफुले भने जस्तै पोखरा काठमाडौ रेल एमालेले गुडाएरै छाडने बताए । उनले रेल गुडाउछौ भन्दा हास्नेहरुलाई अव छुकछुक गर्ने हैन्, सुलुलु गर्ने रेल गुडाउछौ भने ।


पोखरा लेखनाथ महानगरपालिका नवनिवाचित मेयर मानबहादुर जिसीले पाँच वर्षमा पाँच प्राथमिकतालाई किटान गरिएको बताउदै प्रविधिमैत्री सेवा, उद्योगको शहर, स्वच्छ खानेपानी, साइकल सिटि, सफा सुन्दर महानगर, पर्यटकीय शहरको रुपमा विकास गर्ने लगायतका कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले यहाँको पूर्वाधार निर्माण,महानगरसंग जोडिएका गाविसमा बाहै महिना सवारी साधन गुडन सक्ने सडक र नेपालकै उत्कृष्ट महानगर बनाउने योजना सहित अगाडी बढने बताए । उनले निवाचनका बेला गरिएका प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गरिने बताए । महानगरबासीको शिर झुक्न नदिने समेत उनले बताए ।


नवनिवाचित उपमेयर मञ्जुदेवी गुरुङले पोखरालाई महिलामैत्ती, बालबालिकामैत्री, अपाङगमैत्री र जेष्ठ नागरिकमैत्री महानगर बनाउने बताइन् । पोखरा लेखनाथ महानगरपालिकालाई भष्टाचारमुक्त र सुशासनयुक्त बनाउदै जनताको आधारभुत आवश्यकता पुरा गर्ने तर्फ आफनो ध्यान केन्द्रीत गर्ने बताइन् ।

कार्यक्रममा एमाले स्थायी समिति सदस्य एवं प्रदेश नम्वर चारका संयोजक किरण गुरुङ, पूर्वमन्त्री खगराज अधिकारी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जितमा मातिएर नभई संयमित भएर जिम्मेवारीलाई पुरा गर्ने र सवैलाई समेटेर अगाडी बढने बताए ।