५२ औं हप्ताको बृहत् सफाइ अभियान वडा नम्बर २१ कृस्तीमा


पोखरा – पोखरामा जारी ५२ औं हप्ताको बृहत् सफाइ अभियान उल्लेख्य सहभागितासहित वडा नम्बर २१ कृस्तीमा सम्पन्न भएको छ । कृस्तीमा स्वास्थ्य चौकीदेखि सांस्कृतिक सम्पदास्थल शिवढुंगासम्म सम्पन्न कार्यक्रममा हालै निर्वाचित वडा सदस्यहरु सीता विक र अम्बिका थापाको विशेष उपस्थिति रहेको थियो ।

प्लाष्टिकजन्य फोहोरमैला जलाउँदा वातावरण प्रदूषणसँगै प्राणघातक क्यान्सर लाग्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको उचित व्यवस्थापन गर्न सफाइ अभियानमार्फत जनचेतना जगाउने कार्य गरिँदैआएको अभियन्ता एवं नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रममा भर्खरै निर्वाचित वडा सदस्यहरु सीता विक र अम्बिका थापाले संयुक्तरुपमा राष्ट्रिय गान बजाएका थिए । उपस्थित सहभागीहरुलाई नेपाल प्रहरीका निरीक्षक पुष्पकमल श्रेष्ठले सपथ गराएका थिए ।

अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल कालिका गण, मुक्तिनाथ विकास बैंक, पोखरा लेखनाथ महानगरपालिका, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, सामाजिक अभियन्ताहरु, स्थानीय आमा समूह, टोल विकास संस्था, वडा बाल मञ्च, हाम्रो क्रिउ स्काउट, रेडक्रसकर्मी र वडाबासीहरुले ऐक्यबद्धता जनाउँदै साथ दिएका थिए ।

अभियानलाई सृजना टोल विकास संस्थाका अध्यक्ष एवं अयिभन्ता बलराम बरालले डिस्पोजल ग्लोब सौजन्य गरेका थिए ।
कार्यक्रममा वडा सचिव मुक्तिनाथ पोखरेलले उपस्थित सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । ५३ औं हप्ताको सफाइ अभियान विश्वशान्ति स्तुपामा हुनेछ ।