नेपाली समाज लिमरिक आयरल्यान्डको अध्यक्षमा घले


लिमरिक आयरल्यांड/नेपाली समाज लिमरिक आयरल्यान्डले प्रेम प्रसाद घलेको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमितिको चयन गरेको छ।ड़ायोसिन सेन्टर,डेनमार्क स्ट्रीट लिमरिकमा हालै सम्पन्न नेपालीहरूको भेलाले नया कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षहरुमा उत्तम पाण्डे प्रजया न्यौपाने,मिलन आचार्य,महासचिवमा सुमन कुँवर,सचिव बिजय कुमार बूढ़ाथोकी,कोषाध्यक्षमा शीतल बस्नेत र सह-कोषाध्यक्षमा,अमृत कुमार श्रेस्ठ निर्बाचित भएका छन्।

यस्तै कार्यसमिति सदस्यहरू नगेन्द्र सिंह ठकुरी,कृष्ण काफ्ले,बाबुकृष्ण खतिवडा,सज्ना खड़का,अरुण के सी,मिलन गौतम,शिवा अधिकारी,मुकेश घिमिरे,मदन तिमिलसिना,राजकुमार प्रधान,चंद्रमडी खरेल,सृजना बस्नेत चयन भएका छन्।

भेलाले संस्थापक अध्यक्ष राज थापाको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार सदस्यहरुमा सनम थापा ‘माइकल’, बुद्ध लामा, लक्ष्मी पौड़ेल, डम्मर गौतम, टेक अधिकारी, मुना अधिकारी र समीर खरेल रहेका छन। राज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बुद्ध लामाले गरेका थिए। -प्रेम सापकोटाबाट