नेपाल भ्रमण वर्ष-युरोप २०१७ को अभियान स्पेनमा पनि सुरु


बार्सिलोना/“नेपाल भ्रमण वर्ष-युरोप २०१७” को अभियान स्पेनमा पनि सुरु भएको छ।पर्यटकहरु नेपाल भित्राउने लक्ष्य सहित प्रवद्धनात्मक पोष्टरहरु टाँस्दै स्पेनमा पनि अभियान सुरु भएको हो।

स्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले, स्पेनिस ट्राभल एजेन्सीका सवारी साधनमा,नेपालीहरुका गाडी,रेष्टुरेन्ट तथा पसलहरुमा पोष्टर टाँस्ने काम सम्पन्न भएको बताए। उनले भने,” करिव दुई हप्ता लगाएर प्रवद्धनात्मक पोष्टर टाँस्ने काम सम्पन्न भएको छ,यहाँ स्थित संघसंस्थाहरुसँग छलफल गरेर अझै प्रभावकारी कायर्क्रमहरु तय गर्ने योजना रहेको छ।”17806698_10155172861224812_383242767_nनेपाल पर्यटन बोर्डले “नेपाल भ्रमण वर्ष–युरोप २०१७” को अभियानमार्फत यस बर्ष युरोपबाट मात्रै २ लाख  पर्यटकहरु नेपाल पुर्याउँने लक्ष्य राखेको छ। युरोपमा यस अभियानको बेलायतमा एक औपचारिक कार्यक्रमक बीच उद्घघाटन भएको थियो। अभियानलाई सफल बनाउन नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु पछिल्लो क्रममा युरोपमा सक्रिय देखिएका छन्। गत महिना नै बेल्जियममा समेत दूताबासको सहकार्यमा यस्तै कार्यक्रम सम्पन्न भएको थियो।

पर्यटन बोर्डले राजदूतावास,कन्सुलर कार्यलय,एनआरएन तथा आफ्ना मानार्थ प्रतिनिधिहरुबीचको सहकार्यमा युरोपभर बिभिन्न कार्यक्रमहरू गर्दैछ। पर्वतारोहण सम्बन्धी गोष्ठी,फोटो प्रदर्शनी,नेपालीहरूलाई गाडीमा नेपाल भ्रमण गरौं भन्ने सन्देश सहितका पोष्टरहरु टाँस्ने तथा अभिमुखिकरण गर्ने जस्ता कार्यक्रमहरू रहेका छन्।18009276_10158646208885220_1853573911_n 18035303_10158646208100220_86522870_n 18009855_10158646208570220_425559669_n 18009444_10158646209860220_516842400_n 18142843_10158681875820220_1465428099_n 18009868_10158646208210220_931787943_n 18035322_10158646209275220_1419293349_n