“नेपालोना फुटबल कप २०१७” को तयारी पुरा


बार्सिलोना/ स्पेनको नेपाली समुदाय माँझ हुने “नेपालोना फुटबल कप २०१७” को सम्पूर्ण तयारी पुरा भएको छ।नेपालोना ईभेन्टले आगामी मे १ तारिख बार्सिलोनामा आयोजना गर्न लागेको फुटबल कपको तयारी पुरा भएको हो। प्रतियोगिताका लागि हाल सम्म टिम माउन्ट एभरेष्ट,सुजुरन ब्वाईज,डायरवल्भस,गोर्खाज,एनआरएनए स्पेन,जनसम्पर्क समिति स्पेन,प्रबासी नेपाली मञ्च स्पेन,जनप्रगतिशील मञ्च स्पेन लगायतले भाग लिने निश्चित भएको तथा टीम थपिने क्रम जारी रहेको आयोजकले जनाएको छ।

बालबालिका बीच हुने मैत्री पूर्ण खेल दिउँसो ३:३० बजेबाट तथा खुल्ला तर्फ ४ बजे देखि प्रतियोगिता सुरु हुने हुँदा समयमा नै उपस्थित हुन आयोजक मध्येका एक सुरेश शर्माले अनुरोध गरेका छन्। टीम दर्ता शुल्क १ सय युरो तथा बिजेता तथा उपबिजेतालाई नगद सहित ट्रफीको समेत ब्यबस्था रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता बारे पूर्ण बिबरण:-

  • मिति:- मे १ तारिख,२०१७,सोमबार
  • स्थान:-Campo de futbol vall d’hebron
Metro L5,L3
,
  • Carrer de la Granja Vella, 10, 08035 Barcelona
  • समय:- दिउँसो ४ बजे (खेल सुरु हुने समय)
  • सम्पर्क :- 
631810727,631342308,631775203 (टिम रजिष्टेशनका लागि )