जनसम्पर्क समिति स्विट्जरल्याण्डको अध्यक्षमा सापकोटा निर्बाचित


स्विट्जरल्याण्ड। नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको चौथो अधिवेशनबाट श्याम सापकोटा अध्यक्षतामा निर्वाचित भएका छन्।स्विट्जरल्याण्डको राजधानी बेर्नमा आईतबारको सम्पन्न अधिबेशनबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन्। चितवन भरतपुर स्थायी घर भएका सापकोटा १५ बर्ष अघि अध्ययनको सिलसिलामा स्विट्जरल्याण्ड आएका हुन्।

अधिबेशनले सर्बसम्मत रुपमा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा प्रकाश पौडेल, महामन्त्रीमा तिलक थापा, सह-महामन्त्रीमा सरोज घिमिरे र कोषाध्यक्षमा बिरु गुरूङ निर्बाचित भएका छन्। यस्तै  सदस्यहरु कातियानी न्यौपाने, रेशम खत्री र दिपेन्द्र राउत निर्वाचित भए। समितिको संरक्षकमा निवर्तमान अध्यक्ष रामकुमार महत्तो र प्रवक्तामा बिजय बाबु शर्मा “दर्पण” चयन भएका छन्।unnamed-2

नेपाली कांग्रेस केन्द्रले अधिवेशनको लागि केन्द्रिय प्रतिनिधिको रुपमा नेपाली जन सम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष ध्रुर्व पौडेल तोकेको थियो।

अधिबेशनमा नेपाली जन सम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा, जन सम्पर्क समिति स्विट्जरल्याण्ड पूर्व अध्यक्ष गुणराज शर्मा,नेपाली जन सम्पर्क समिति नेदरल्याण्डसका बरिष्ठ सल्लाहकार हरी न्यौपाने,एनआरएन स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङ,स्विट्जरल्याण्डका लागि पर्यटनदूत कमल भट्ट लगायत संघ संस्थाका प्रतिनिधहरुले शुभकामाना ब्यक्त गरेका थिए।

unnamed-4unnamed-5 unnamed-3