युरोप संयोजक आचार्य सहित कलाकारको टोली बार्सिलोनामा


स्पेन/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका संयोजक कुल आचार्य बार्सिलोना आएका छन्। नयाँ बर्ष बिशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्न बार्सिलोना आएका हुन्। नेपाली जनसम्पर्क समिति स्पेनले आज बार्सिलोनामा नयाँ बर्षको उपलक्ष्यमा कार्यक्रमको आयोजना गर्दैछ।

यस्तै कार्यक्रममा सहभागी बन्न नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरु थानेश्वर गौतम,रामजी नेपाली पनि बार्सिलोना आईपुगेका छन्। गायक गौतम फरक-फरक विधाका गीतहरु गाउन सक्ने गायकको रुपमा परिचित छन्। उनले नेपाली लोक,गजल,रोईला सालैजो हुँदै नेपाली चलचित्रसम्ममा आबाज दिएका छन्। बागलुङ् स्थायी घर भएका गौतमको नेपाली सुगम गीत संगीतमा पनि झुकाव पाईन्छ।17991972_1464117170276089_5318689196724790255_nयता काँग्रेस निकट गायक नेपालीका  “जवानीमा तानेको गाजा”,”भिरको टुनी किन हो रुनी”,”सालैजो”लगायत दर्जनौ गीतहरु चर्चित छन्। नेपाल लोकदोहोरी गीत प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष सुमिघिमिरे सापकोटा लगायत स्थानीय कलाकारहरुले पनि आज बेजोड सांगीतिक प्रस्तुती राख्दै छन्।बार्सिलोना स्थित काईया सिसिलियाको हलमा दिउँसो ४:३० बजे बाट कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ।