ल हेरौ आज प्रकाशित दैनिक पत्रिकको फ्रन्टपेज


काठमाण्डौं – आज सोमबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले निर्वाचन सार्न प्रधानमन्त्री प्रचण्डले कांग्रेसको धारणा मागेकोदेखि गृहमन्त्रीले दुई चरणमा निर्वाचन गर्ने भनेर दिएको अभिव्यक्तिसम्मका खबरलाई प्रमुखताका साथ लेखेका छन् । सहमतीय सरकारको लागि प्रधानमन्त्रीले पहल थालेको खबर पनि आजका पत्रपत्रिकामा छन् ।

गोरखापत्र दैनिकले राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जान लागेको विषयलाई प्रमुखताका साथ पहिलो पृष्ठमा छापेको छ । सहमति भए दुई चरणमै निर्वाचन गर्न सकिने भनेर गृहमन्त्री विमलेन्द्र निधिले व्यक्त गरेको भनाइलाई समाचार बनाएको गोरखापत्रले नेपालमै निःशुल्क मिर्गौला प्रत्यारोपण सुरु भएको अर्को विषयलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले चुनाव सार्नेबारे प्रधानमन्त्रीले कांग्रेसको धारणा मागेको जनाएको छ ।
‘राष्ट्रपति भारत यात्रामा’ शीर्षक दिएर मुख्य खबर लेखेको अन्नपूर्ण पोस्ट दैनिकले निर्वाचन बिथोल्न मोर्चाले आन्दोलन घोषणा गरेकोदेखि चीनसँग संयुक्त सैन्य अभ्यास सुरु भएकोसम्मका खबर फ्रन्टपेजमा छापेको छ ।

नागरिक दैनिकले सहमतीय सरकार निर्माणका लागि प्रधानमन्त्री प्रचण्डले पहल सुरु गरेको खबर लेखेको छ । उपत्यकामा प्रदूषण थेगिनसक्नुसँग बढेको र काठमाडौं बसोबासका लागि अयोग्य भएको अर्को महत्त्वपूर्ण विषय पनि नागरिक दैनिकले उठाएको छ ।
‘चुनाव रोकिन्नः सत्तापक्ष’ शीर्षक दिएर मुख्य खबर लेखेको कान्तिपुरले निजी विद्यालयका सञ्चालक पोस्न संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगरी उल्टै फेर्न लागिएको खबर छापेको छ ।

1
6
5
3
4
2