नयाँबर्षमा बार्सिलोना संगीतमय बन्दै


बार्सिलोना/ नेपाली नयाँ बर्षमा स्पेन संगीतमय बन्दै छ। नेपाली जनसम्पर्क समिति स्पेनको आयोजनामा सोमबार हुने एक बिशेष कार्यक्रममा बार्सिलोना संगीतमय बन्न लागेको हो। कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरु थानेश्वर गौतम,रामजी नेपाली,सुमिघिमिरे सापकोटा लगायत स्थानीय कलाकारहरुले बेजोड सांगीतिक प्रस्तुती राख्ने भएका छन्।

समितिले हरेक बर्ष जस्तै,यसपटक पनि नयाँ बर्षको उपलक्ष्यमा शुभकामाना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो।नयाँ निर्बाचित कार्यसमितिको पहिलो बिशेष कार्यक्रम भएकाले पनि सफल पार्न केन्द्रित देखिएको छ।

गायक गौतम फरक-फरक विधाका गीतहरु गाउन सक्ने गायकको रुपमा परिचित छन्। उनले नेपाली लोक,गजल,रोईला सालैजो हुँदै नेपाली चलचित्रसम्ममा आबाज दिएका छन्। बागलुङ् स्थायी घर भएका गौतमको नेपाली सुगम गीत संगीतमा पनि झुकाव पाईन्छ।

यता काँग्रेस निकट गायक नेपालीको भने लोकतान्त्रिक आन्दोलनमा समेत योगदान रहेको छ। उनि नेपाली काँग्रेसका समर्थक हुन् भने चुनाबी अभियानमा खटिदै आएका गायक बिक्रम सम्वत २०७१ सालमा आक्रमणमा परि घाईते समेत बनेका थिए। “जवानीमा तानेको गाजा”,”भिरको टुनी किन हो रुनी”,”सालैजो”लगायत उनका दर्जनौ गीतहरु चर्चित छन्।

कार्यक्रममा नेपाली दोहोरी गीत प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष सापकोटाले पनि लोक तथा दोहोरी गीत प्रस्तुत गर्दै छन्। सांगीतिक धमाका नाम दिईएको कार्यक्रममा बिशेष लोक संगीत मै झुकाव बढी भएका कलाकारहरु रहेकाले बाताबरण लोकसंगीतमय नै बन्ने देखिन्छ।

स्थानीय कलाकारहरुले गीत संगीत नृत्य तथा नेपाली पाठशाला बार्सिलोनाको समेत कार्यक्रममा प्रस्तुति रहने छ। समितका महामन्त्री रामप्रसाद सापकोटा बिराजले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको भन्दै स्पेनबासी नेपाली समुदायलाई सहभागी बन्न अनुरोध गरेका छन्।

  • कार्यक्रम बारे पूर्ण बिबरण :-
  • मिति:- १७ अप्रिल,२०१७ सोमबार
  • स्थान:- काईया सिसिलियाको हल
  • समय:- दिउँसो ४:३० वाट
  • टिकट:– १० युरो, खानाको ब्यबस्था सहित (१० बर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क)