बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतको वारेन्ट आदेश जारी


काठमाडौं – सर्वोच्च अदालतले जन्मकैद सुनाएपनि फरार रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिन भित्र पक्राउ गर्न वारेन्ट आदेश जारी गरेको छ ।

सर्वोच्चले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएकाले यो कार्यान्वयन हुने देखिन्छ ।

‘स्वतन्त्र न्यायापालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई तत्काल पक्राउ गर्नुपर्ने देखिन्छ ।’ सर्वोच्चको आदेशमा भनिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।