ल हेरौ आज प्रकाशित दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं । २०७४ सालको पहिलो दिन आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले स्थानीय तह निर्वाचन बहिस्कारको घोषणा गरेको मधेसी मोर्चालाई वार्तामा आउन प्रधानमन्त्रीले गरेको आग्रहलाई प्राथमिकताका साथ लेखेका छन् । वर्ष २०७३ को समीक्षा र २०७४ को कार्यभारबारे पनि पत्रपत्रिकाहरुले सामग्री पस्केका छन् ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई वार्तामा आउन गरेको आह्वानलाई प्राथमिकताका साथ लेखेको छ । गोरखापत्रले वर्ष २०७३ को समीक्षा पनि छापेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘निर्माण क्रान्तिमा सुन्तली–धुर्मुस’ शीर्षक दिएर मुख्य खबर लेखेको छ ।

१० औं वार्षिकोत्वसको उपलक्ष्यमा ५६ पृष्ठको विशेषांक प्रकाशित गरेको नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा सिंहदरबारभित्रको दुर्दशालाई उधिनेको छ ।

राजधानी दैनिकले ‘संविधान संशोधनले थलिएको वर्ष’ शीर्षक दिएर वर्ष २०७३ को समीक्षा गरेको छ ।

नागरिक दैनिकले मोर्चा फकाउन प्रधानमन्त्री प्रचण्डले गरेको प्रयासदेखि जेष्ठ नागरिकको मत तान्न कांग्रेसले अघि सारेको रणनीतिसम्मका विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

कान्तिपुर दैनिकले धादिङ जिल्लाको विकट गाउँका विस्थापित भूकम्पपीडितले १६ महिना लगातार खटेर ५५ परिवारका लागि नमुना बस्ती निर्माण गरेको खबरलाई मुख्य खबर बनाएको छ । कान्तिपुरले नयाँ वर्ष २०७४ को कार्यभारबारे पनि एक सामग्री प्रकाशित गरेको छ ।
6
1
5
3
4
3