रोनाल्डोले रचे ईतिहास,युरोपेली फुटबलमा सय गोल गर्ने पहिलो खेलाडी


युरोपेली क्लब फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी क्रिस्टियानो रोनाल्डो बनेका छन्। रियल म्याड्रिडका स्टार रोनाल्डोले बुधबार राती च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत वायर्न म्युनिखविरुद्ध पहिलो लेगको खेलमा २ गोल गर्दै यो कीर्तिमान बनाएका हुन्। ३२ वर्षीय रोनाल्डोले युरोपियन फुटबल खेलेको १० वर्ष २ दिनको समय यस्तो उपलब्धि हासिल गरेका हुन्।

पछिल्लो समय बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी र रोनाल्डो बीच कस्ले पहिले रेकर्ड बनाउँने भन्दै ठुलै प्रतिस्पर्धा थियो।अन्तत रोनाल्डोले मेसीलाई उछिनेका छन्।  रोनाल्डोले च्याम्पियन्स लिगमा ९७,च्याम्पियन्स लिग छनोटमा १ गोल र युरोपियन सुपर कपमा २ गोल गरी १०० गोलको रेकर्ड बनाएका हुन्।_95623664_rtrsronअन्तत रोनाल्डोले मेसीलाई उछिनेका छन्। सन् २००७ को अप्रिल १० मा रोमाविरुद्ध म्यानचेस्टरबाट खेल्दै उनले युरोपेली क्लब फुटबलमा पहिलो गोल गरेका थिए। रोनाल्डोले इङ्ल्यान्डको म्यानेचस्टर युनाइटेडमा आवद्ध हुँदा युरोपेली प्रतियोगितामा १६ गोल गरेका थिए। रियल म्याड्रिडबाट भने हालसम्म  ८४ गोल रहेको छ।

लामो समयदेखि गोलविहिन बनेका रोनाल्डोले वायर्न म्युनिख बिरुद्द २ गोल गरे। उनले ४७ र ७७ औ मिनेटमा दुई गोल गरेका थिए। यो सिजनको च्याम्पियन्स लिगमा उनको ४ गोल हो। उनकै दुई गोलका कारण म्याड्रिडले वायर्न म्युनिखलाई उसैको घरमा २–१ गोलले पराजित गर्यो। म्युनिखविरुद्ध उनको पछिल्लो पाँच भिडन्तमा यो पाँचौ गोल थियो।