मोना नयाँ वर्ष भलिबल उपाधि, बाग्लुङ समाज पोर्चुगललाई


लिस्वन/ मोना नयाँ वर्ष भलिबल प्रतियोगिताको उपाधि बाग्लुङ समाज पोर्चुगलले चुमेको छ।नयाँ बर्षको उपलक्ष्यमा लिस्बनमा आईतबार आयोजित पुरुष तर्फको खेलमा बुर्तिवाङको टिमलाई हराउँदै बाग्लुङ समाजले ट्रफी उचालेको हो। फाईनल प्रतिस्पर्धामा २-२ सेटले बराबरी भए पछि पाँचौ सेट जित्दै बाग्लुङले उपाधि जितेको हो।मोना पोर्चुगल,जलजला पर्वत,मगर समाज,नाङ्लिवाङ पर्वत र जम्वुजेरा पोर्चुगल गरी पुरुष तर्फ सात टिम सहभागी थिए।unnamed-14मोना पोर्चुगलले आयोजना गरेको प्रतियोगितामा महिला तर्फको उपाधि भने मगर समाज पोर्चुगलले जितेको छ। ६ बटा टिमले प्रतिस्पर्धा गरेको प्रतिस्पर्धामा मोना पोर्चुगललाई हराउँदै मगर समाजले उपाधि जितेको हो। प्रतियोगितामा पुरुष तर्फ रोशन गुरुङ र महिला तर्फ शर्मिला पुन मगर उत्कृष्ट खेलाडी घोषित भए।

एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमल,पुर्व आईसीसी सदस्य पुर्ण हमाल, मोना पोर्चुगलका संस्थापक अध्यक्ष तथा संरक्षक मान पुर्जाले बिजयी टिम तथा खेलाडीलाई ट्रफ्री तथा प्रमाणपत्र प्रदान गरेका थिए। -वाई वी तमुबाट unnamed-10 unnamed-13 unnamed-15