फोहोरको कन्टेनरमा बच्चा फाल्ने,एक महिलालाई स्पेनमा १४ बर्ष जेल सजाय


तस्बिर:- एल मुन्दो

स्पेन/ आफ्ना बालबच्चालाई आँफूलाई भन्दा पनि माया गरेर आमाले हुर्काउँने गरेकी हुन्छिन्। तर सबै आमाहरु यस्तै मायालु हुँदैनन्। स्पेनको म्याड्रिडमा घटेको एउटा घटनाले यस्तै पुष्टि गरेको छ। नबजात शिशुलाई फोहोर फाल्ने कालो ब्यागमा बेरेर, भूमिगत स्थलमा रहेको एक कन्टेनरमा फालेकी एक महिलालाई स्पेनको एक अदालतले १४ बर्षको जेल सजाय सुनाएको छ।

फोहोर फ्याक्ने कन्टेनरबाट बच्चा रोईरहेको आवाज सुने पछि सुरक्षाकर्मीले उद्दार गरेका थिए। तत्कालै गरिएको प्राथमिक उपचारको कारण बच्चालाई जीवित राख्न सकिएको प्रहरी अधिकारीहरुले बताएका छन्।

यो घटना सन् २०१५ जुलाईको हो तर यस बारे स्पेनको एक अदालतले महिलाको ब्यबहार प्रति निन्दा गर्दै हालै १४ बर्षको जेल सजाय सुनाएको हो। दुई साता पहिले जन्म दिएको बच्चालाई ति महिलाले आँफू बस्ने घरभन्दा करिव १ सय ५० मिटर पर रहेको  कन्टेनरमा फालेकी थिईन्।