होम स्टे मार्टको तयारी पुरा


पोखरा । चैत्र २५ र २६ गते पोखरामा हुने होम स्टे मार्टको तयारी एक हप्ता पहिले नै पुरा भई सकेको छ।

होम स्टे मार्ट तथा कार्यशाला गोष्टी २०७३ को आयोजक संस्था नेपाल पर्यटन वोर्ड पोखराका वरिष्ठ अधिकृत सुर्य थपलियाका अनुसार होम स्टे मार्टमा आवश्यक पर्ने सम्पुर्ण तयारी पुरा भएको वताए ।

त्यस्तै सह आयोजक संस्था गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) कास्की शाखाका अध्यक्ष तारानाथ पहारीले पश्चिमाञ्चल क्षेत्र भित्र संचालनमा रहेका र संचालनको तयारीमा रहेका होम स्टेहरुले सबै स्टलहरु बुक गरि सकेकाले कार्यक्रम भव्य रुपमा सम्पन्न हुने वताए।

शुक्रबार सो बारेमा जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रमका भिटोफ कास्कीका महासचिव नवराज अधिकारी, सचिव रबिन्द्रनाथ पौडेल, पर्यटन वोर्ड सदस्य अग्नी कँडेललगायतले होम स्टे कार्यक्रमले होटल व्यवसायीलाई कुनै पनि असर नपारेको वताउँदै बरु समग्र पर्यटनको विकासमा टेवा पुगेको धारणा राखेका थिए।