एनआरएनए स्पेनको नियमित बैठकका निर्णयहरु (सूचना तथा बिज्ञप्तिबाट)


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको मार्च महिनाको नियमित बैठक संघका अध्यक्ष श्री मुक्त बहादुर गुरुङ ज्यु को अध्यक्षतामा सम्पन्न भयो ।संघको २०१५-२०१७ कार्यकालको उत्तरार्धमा विभिन्न महत्वपूर्ण प्रस्ताबहरुका साथ् संचालन भएको बैठकमा संघको कार्यसमिति लगायत पदेन तथा आमन्त्रित सदस्यहरु, बार्सिलोना स्थित पर्यटन दुत श्री चिन्तामणी सापकोटा साथै उपस्थित नेपालीहरुको बिचमा सौहार्दपूर्ण ढंगबाट निम्न निर्णय हरु गरिएको जानकारी गराउदछौं ।

  • नेपाली जनसम्पर्क समिति स्पेनको भर्खरै सम्पन्न पाचौं अधिबेशनबाट नव निर्बाचित अध्यक्ष श्री इन्द्र प्रसाद शर्मा लाइ बधाई तथा सम्पूर्ण कार्यसमितिको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै संघका अध्यक्ष श्री मुक्त बहादुर गुरुङले खादा ओडाएर पदेन सदस्यको रुपमा स्वागत गर्नुभयो भने निवर्तमान हुनुभएका ज स स स्पेनका अध्यक्ष श्री शालिकराम डुम्रे ज्यु को संघ प्रतिको सहकार्य, सहयोग र समर्थनको उच्च मुल्यांकन रहने जानकारी गराउदै बैठकमा उपस्थित सम्पूर्ण वक्ताहरुले वहालाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभयो ।
  • त्यसैगरी संघका सचिब श्री राम प्रसाद सापकोटा “बिराज” ले आफ्नो पद बाट दिनुभएको राजिनामा बैठकले स्वीकृत गर्दै वहाले पदमा रहदा गर्नु भएको संघ प्रतिको कार्यको सबैले प्रशंसा गर्दै वहाबाट संघले सदैब सहयोग र सद्भाबको आशा रहिरहने कुराको आशाका साथ वहाको नेपालि जन सम्पर्क समिति स्पेनको महामन्त्री पदको कार्यकाल सफल रहोस भन्ने कामना गरियो ।
  • यसैगरी गैर आवासीय नेपाली संघको छैठौं राष्ट्रिय अधिबेशन आगामी २०१७ जुलाई अन्तिम साता सम्पन्न गर्ने गरी आवश्यक सम्पूर्ण प्रक्रिया आगामी नियमित बैठकबाट तय गरिने र संघका क्षेत्रीय समितिहरुलाई पनि राष्ट्रिय अधिबेशन भन्दा पहिलानै क्षेत्रीय अधिबेशन सम्पन्न गर्नको लागी पत्राचार गर्ने निर्णय गर्दै संघले कार्यसमिति लाइ पूर्णता दिनको लागी शालिकराम डुम्रे र दावा ऋषि श्रेष्ठ लाइ संघको सदस्यमा मनोनित गर्यो ।
  • अर्को महत्वपुर्ण प्रस्ताब उपर छलफल गर्दै हरेक एन आर एन राष्ट्रिय समन्वय समिति हरुले गर्नुपर्ने न्युनतम एक परियोजना अन्तर्गत एन आर एन ए स्पेनले धादिंग जिल्लाको संकोश भोर्ले गा बि स मा  गरेको सहयोग बाट मनरुपी नि मा बी को निर्माण कार्य पुरा भएको जानकारी गराउदै उक्त बिद्यालय निरीक्षण तथा गोर्खा जिल्लाको लाप्राकमा बन्दै गरेको एन आर एन नमुना बस्तीको लागी स्वयंसेवक तथा श्रमदान को लागी गैर आवासीय नेपाली संघ स्पेनका सचिब श्री सुनिल रानाभाट लाइ पठाउने निर्णय गरियो ।
  • त्यस्तै संघका सदस्य श्री दावा ऋषि श्रेष्ठ तथा स्पेनिश नागरिक ISABEL ले फोटो प्रदर्शनी मार्फत संकलन गर्नुभएको रकमको खर्च काटेर बचेको ४०४,५७ यूरो गैर आवासीय नेपाली संघको कार्यालय ब्यबस्थापनको लागी श्री दावा ऋषि श्रेष्ठ ले संघको अध्यक्ष श्री मुक्त बहादुर गुरुङ ज्युलाइ  हस्तान्तरण गर्नुभयो भने संघले दावा ऋषि श्रेष्ठ साथै स्पेनिश नागरिक isabel प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै बैठकको समापन अध्यक्ष श्री मुक्त बहादुर गुरुङ ले गर्नु भयो।

महासचिब
उमेश प्रसाद अधिकारी
एनआरएनए, स्पेन