देशको बारेमा सोच्ने पार्टी एमाले मात्रै भएको अध्यक्ष केपी शर्मा ओलीको दावी (फोटोफिचर)


राजाराम पौडेल,पोखरा – पुर्वप्रधानमन्त्रि एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको बारेमा सोच्ने पार्टी एमाले मात्रै भएको दावी गरेका छन् । नेकपा एमाले कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले देशका बारेमा सोच्ने पार्टी एउटामात्रै छ त्यो हो एमाले उनले भने –‘पहिले कांग्रेस थियो अहिले एमाले मात्रै छ ।’ पहिला काँग्रेस देशभक्त पार्टी थियो, अहिले झाडीमा सिङ अल्झेको बाह्सिङ जस्तै हलचल गर्न नसक्ने भएको छ । ‘पहिले कांग्रेस देशको बारेमा सोच्ने पार्टी थियो तर अहिले बुढो बाह्रसिङे भएको छ,’ उनले भने, ‘झाडीमा सिङ अल्झेको बाह्रसिङे हलचल गर्न सक्दैन कांग्रेस पनि त्यही हो ।’

uml 9

ओलीले कांग्रेसलाई के गर्ने भन्ने थाहा नहुँदा देशले दुःख पाएको आरोप लगाए । उनले आईजीपी, अख्तियार, लोकसेवा आयोग लगायतका संवैधानिक अंगका प्रमुख लगायत प्रमुख पद खाली छन् तर सरकारले नियक्त गर्न नसकेको बताए ।

uml 8

ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले आफनै जिल्ला अनि आफनै क्षेत्रको आइजीपी हुनुपर्ने अडान लिएर न्यायालयमा हस्तक्षेप गर्न खोजेको बताए । उनले भने, ‘अब देशको प्रधानमन्त्री हुने, प्रमुख पार्टीको प्रमुख मान्छेले आफनो जिल्ला मात्रै हेर्न थालेपछि कसरी हुन्छ ?’

uml 7

कांग्रेसले केन्द्रीय समितिको बैठकबाट सर्वोच्च अदालत विरुद्ध प्रस्ताव पास गरेर न्यायालयमाथि आक्रमण गरेको समेत ओलीले आरोप लगाए । उनले भने, ‘लोकमानविरुद्ध निर्णय भयो भनेर अदालतविरुद्ध नै खनिनुपर्ने आवश्यकता थिएन ।’ माओवादी केन्द्रको बारेमा भने आफूले कुनै टिप्पणी गर्न नचाहेको उनले बताए ।

uml 6

‘माओवादीको बारेमा केही भन्नुपर्छजस्तो मलाई लाग्दैन,तपाईहरु जानकार हुनुहन्छ ।’ उनले भने । ओलीले नेपाली जनतालाई अझै अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न सकिए पनि नेपालको हितलाई नोक्सान हुने गरि गर्न नसकिने बताए ।
uml 5

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ हजार ३ सय ३७ जना एमालेमा प्रवेश गरे ।

uml 2
uml 1
uml 4