प्रबासी नेपाली मञ्च स्पेनको चौथो अधिबेशन स्थगित


बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनको आगामी अप्रिल १७ तारिख हुने भनिएको अधिबेशन स्थगित भएको छ। मञ्चको यसै साता बसेको बैठकले अधिबेशन स्थगित गर्ने निर्णय गरेको बिज्ञप्ति मार्फत जनाएको हो।

बिज्ञप्तिमा भनिएको छ,” देशमा स्थानीय निकायको निर्बाचन गर्ने तयारी भईरहेको बेला १७ अप्रिलमा गर्ने भनिएको अधिबेशनमा केन्द्रिय नेतृत्वको उपस्थिति असम्भव देखिएको हुँदा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ।”

प्रबासमा रहेका राजनीतिक,क्षेत्रीय,जातीय तथा सामाजिक संघ संस्थाले बिना तयारी अधिबेशन तोक्ने र पटक पटक स्थगित गर्ने वा सार्ने प्रचलन बढीरहेको छ। त्यसो त मञ्चले आफ्नो तेस्रो अधिबेशन पनि पटक पटक स्थगित गरेको थियो।IMG_3462