गैंडाकोटमा उदाहरणीय कार्य गरेका जुझारु कांग्रेस युवा नेता सापकोटा ।

गैंडाकोटको मेयर बनाइउनु पर्ने आवाज उठ्दै


पी. के. ढकाल ।

चितवन । देश स्थानीय निर्वाचनमा होमीइसकेको छ । विभिन्न पार्टीबाट महानगरपालीका, नगरपालीका तथा गाउँपालीकाको पदहरुमा कुन व्यक्तिले टिकट पाउलान भन्ने जिज्ञासा पनि उत्तिकै छ । तर आम जनचाहना भने अलि शिक्षीत, जानेबुझेको तथा समाज सेवामा अग्रणी भूमीका निर्वाह गर्दै आएको व्यक्तीले टिकट पाउन भन्ने रहेको छ । यसको बहस पार्टीमा तथा विभिन्न कार्यक्रमहरुमा चल्ने गरेको छ । यस्तैमा देशकै नमुना गाउँ र हालको गैंडाकोट नगरपालीकामा मेयर पदमा कुन व्यक्तीले टिकट पाउने भन्ने चर्चा परिचर्चा शुरु भैसकेको छ ।

त्यहाँका स्थानीय आममानीसहरु भने नेपाली कांग्रेसले यो पटक योग्य, शिक्षीत अनि समाजसेवामा कुशल भूमिका निर्वाह गरेको व्यक्ती छनौट गर्नु पर्ने बताउंदै आएका छन् । यसमा मेयर पदको लागि कांग्रेसका  केशव प्रसाद सापकोटाको पनि चर्चा  चलिरहेको र  धेरैको कांग्रेसीहरुको रोजाइमा रहेको नाम पनि  हो । २०४२  सालको सत्याग्रह आन्दोलन देखि नै सक्रिय सापकोटा बौद्धिक व्यक्तीमा पनि गनिन्छन । सैद्धान्तीक राजनीतिको ज्ञान तथा समाज विकासक्रमको अध्ययन गरेका सापकोटाले नेपालबाट स्नाकोत्तर अध्ययन तथा बेलायतको रिडीङ्ग विश्वविधालयबाट विकास सम्बन्धी अध्ययनमा स्नाकोत्तरको तहको अध्ययन समेत गरेका छन् ।

युरोपका प्राय सबै देशहरुमा विभिन्न अध्ययन तथा तालीम लिएका सापकोटा केहि वर्ष अध्ययनको सिलसिलामा क्यानाडा पनि  बसेका थिए र त्यहाँ बसोबासको सुविधा र राम्रो जागिर हुँदाहुँदै नेपालमै केहि गर्छु, समाज विकासमा योगदान दिन्छु भन्दै केहि समय अघी नेपाल फर्कीसकेका छन् ।

उनले समाजसेवा र समाज  विकासमा गरेको मुख्य काम गैंडाकोटमा ‘विजय विकास श्रोत केन्द्र’ मा रहेर गरेको कार्य हो । वि. स. २०३६ सालमा स्थापीत  यो संस्थाले प्रजातन्त्र प्राप्ती पछि तात्कालीन रुपमा गैंडाकोटको भावी विकास योजना तर्जुमा गर्नको लागि मुख्य भूमिका निर्वाह गरेको थियो । संस्थाले नै परिकल्पना गरेको रोल मोडललाइ पाछ्याउँदै गैंडाकोटले धेरै फड्को मारेको थियो ।

विजय विकास स्रोत केन्द्रले  २०५८ सालमा स्थापना गरेको विजय सामुदीक शिक्षा सहकारी संस्थाका संस्थापक मध्यका एक सापकोटा पनि हुन् । हाल उक्त विधालयमा १३ सय भन्दा बढी विधार्थी अध्ययन गर्दै छन् । उक्त विधालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यसैगरी विजय सामुदायीक रेडियो गैंडाकोट, साथै २०६८ सालमा स्थानीय समुदाय र विजय विकास स्रोत केन्द्रको संयुक्त प्रयासमा स्थापीत वित्तिय संस्थाका अभियान्ता समेत हुन् । लघुवित्तका उनी एक ज्ञाता पनि हुन् । लघुवित्त चलाउन त्यतीबेला धेरैको सहयोग रहेको पनि उनी बताउँछन् । संस्थाको मोडल अनुसार यी सबै संस्था हालसम्म सफलता पुर्वक चलिरहेका छन् । जानाकारहरुका उनले लघुवित्तमा जोड दिए तर उनी सहकारी एवं सामाजीक विकासका विज्ञ र रुपान्तरणका स्वप्नदर्शी उनले यदि  चाहेको भए बैंक खोली कार्यकारी अधिकृत बनेर बस्न सक्थे तर उनको उद्धेश्य समाज र जनताको जीवन उकास्ने कार्य प्राथमीकतामा परेको हुनाले त्यो लोभ उनमा कहिल्यै जागेन ।

युरोप र क्यानाडामा अध्ययन तथा तालीम दिएर सिकेको कुरा र त्यहाँको विकासको कुरा नेपालमा कसरी फ्युजन गराउन सकिन्छ भन्ने कुरामा आफ्नो जोड रहेको उनी बताउँदै आएका छन्  । उनले बताए अनुसार ‘टिमवर्क’ मा उनी विश्वास गर्छन र एउटा राम्रो टिम भएको खण्डमा समाज विकासले कोल्टो फेर्न बेर नलाग्ने उनको दावी छ ।

यसरी उनले चलाएको अभियानलाई हेर्दा उनी एक सफल समाज सेवी र विकासको योजना स्पस्ट बनाउन सक्ने व्यक्ती देखिन्छन । गैंडाकोटमा उनी जस्ता व्यक्ती मेयर बनेको खण्डमा गैंडाकोट नगरपालीका एउटा नमुना नगर बन्नेमा कुनै शंका नरहेको सबैले बताउंदै आएका छन् । यसैगरी विदेशमा बस्ने चीतवन र नवलपरासीका नेपाली कांग्रेस समर्थकहरुले पनि उनलाई पार्टीले मेयर पदमा उठ्न टिकट दिनु पर्ने भन्दै अभियान चलाउने बताई सकेका छन् ।