मेसीलाई चार अन्तराष्ट्रिय खेल प्रतिबन्ध


लियोनेल मेसीले एक सहायक रेफ्रीलाई “अपमानजनक शब्द” प्रयोग गरे पछि फिफाले चार वटा अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाएको छ। फिफाका अनुसार अर्जेन्टिना र चिली बिच आईतबार भएको खेलमा मेसीले सहायक रेफ्रीलाई “अपमानजनक शब्द” प्रयोग गरेका थिए।

उनलाई ८ हजार पाउण्ड जरिबाना समेत तोकिएको छ।फिफाको यो निर्णय सँगै मेसी सन् २०१७ अक्टोबर ५ सम्म अर्जेन्टिनाको जर्सीमा मैदान फर्कने छैनन्। उनले मंगलबार राति बोलिभियासँगको ,अगष्ट ३१ मा उरुग्बे,सेक्टेम्बर ५ मा भेनेजुवला र अक्टोबर ५ मा पेरु सँगको खेल गुमाउँने छन्।

सन् २०१८ मा रुसमा हुने बिश्व कप प्रतियोगिताका लागि छनोट खेलहरु भईरहँदा मेसी माथिको प्रतिबन्ध सँगै अर्जेन्टिनालाई ठुलो धक्का लागेको छ।