डेनमार्कमा रहेका तामाङ जाती संगठित


कोपनहेगन/ डेनमार्कमा रहेका तामाङ जाती संगठित भएका छन् । आइतबार कोपनहेगनमा भएको भेलाले रोजगार तथा शिक्षाका लागि आएका उनीहरुले तामाङ समाज डेनमार्क गठन गरेको हो । रिना तामाङ (मोक्तान)को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।

समाजको उपाध्यक्षमा आकाश लोप्चन, सचिवमा समिर पाख्रिन तामाङ, सहसचिवमा रिना तामाङ र कोषाध्यक्ष रचना तामाङ रहेका छन् । सदस्यहरुमा गुञ्जन स्याङ्बो, नितेश स्याङ्बो, विश्व बल तामाङ र जयाम्वल तामाङ छन् । सल्लाहकारहरुमा राजमान तामाङ र स’वास बम्जन तामाङ चयन भएका छन् ।

नयाँ समितिले २५६० औं बुद्ध जयन्ती मनाउन डेनमार्कमा रहेका बौद्ध धर्मावलम्बीसंग समन्वय गर्ने निर्णय गरेको छ । समाजका सचिव समिर तामाङले छरिएर रहेकाहरु एकजुट भएको र आफ्ना कला तथा संस्कृतिको संरक्षणमा जुट्ने बताए l