पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्पेन आउँदै


बार्सिलोना/ पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ “प्रकाश” स्पेन आउँने भएका छन्।  माओबादी केन्द्रका बरिष्ठ नेता समेत रहेका श्रेष्ठ एक अन्तरक्रिया कार्यक्रममा सहभागी बन्न स्पेन आउँन लागेका हुन्।

नेपाली जनप्रगतिशिल मञ्च स्पेनले आगामी सोमबार बरिष्ठ नेता श्रेष्ठको उपस्थितिमा कार्यक्रमको आयोजना गरेको महासचिव अर्जुन आचार्यले जानकारी दिए। “स्पेनमा नेपाली दूताबास खोल्ने निर्णयको कार्यन्वयन तथा संविधानको कार्यन्वयनमा प्रबासी नेपालीको भूमिका” बिषयमा  अन्तरक्रिया गर्न लागेको मञ्चले जनाएको छ।

कार्यक्रममा माओबादी केन्द्रका युवा नेता दिपेश पुन मगर पनि बिशेष अतिथिको रुपमा सहभागी हुँदै छन्। सरकारले स्पेनमा नेपाली दूताबास खोल्ने निर्णय पछि अब कार्यान्वयनका लागि के कस्तो कुटनीतिक प्रयासको आबाश्यकता छ भन्ने बारे पुर्ब परराष्ट्रमन्त्री मन्त्रीको नै सहभागिता हुने हुँदा अन्तरक्रिया कार्यक्रम अर्थपूर्ण हुने देखिएको छ।

मञ्चले स्पेन स्थित नेपाली संघ संस्था तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ।

  • कार्यक्रम बारे पूर्ण बिबरण:-
  • मिति :- २० मार्च २०१७,सोमबार
  • समय :- साँझ ५ बजे
  • स्थान :- CALLE  SICILIA  321 ( सिसिलियाको हल )  METRO JONIC L4 / SAGRADA FAMILIA L2 – L5 / VERDAGUER L4 – L5Screen Shot 2017-03-17 at 14.55.56