जनप्रगतिशील मञ्च डेनमार्कको अधिवेशन तयारी पुरा


कोपनहेगन/नेपाली जनप्रगतिशिल मञ्च (एनपिपिएफ) डेनमार्कको एकताको तेश्रो अधिवेशनको सबै तयारी पुरा भएको छ । एनपिपिएफको अधिवेशन कोपनहेगनमा शनिबार दिउँसो हुदैछ । अधिवेशनको सबै तयारी लगभग पुरा भएको तेश्रो अधिवेशन आयोजक समितिका संयोजक उदयराज गौतमले जानकारी दिए ।

प्रतिनिधि र प्रवेक्षक छनोट, व्यवस्थापन, कार्यक्रम  गर्ने हल, खाजा खाना, प्रचारप्रसार अतिथि सत्कार लगायतको तयारी पुरा भएको बताइएको छ । करिव एकसयजना प्रतिनिधि सहभागी हुने बताइएको छ । अधिवेशनको उद्घाटन गर्न नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा अन्तर्राष्टिय समितिका सदस्य टासी लामा शुक्रबार कोपनहेगन आउँदै छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा सहभागि हुनका लागि (माओवादी केन्द्र)का युवा नेता दिपेश पुन, लोकप्रिय संगीतकार तथा गायक चेतन सापकोटा र चर्चित प्रगतिशील कलाकार नविन खड्का बिहिबार कोपनहेगन आएका छन् । सापकोटा र खड्कासंगै एनपिपिएफ डेनमार्कका कलाकारले चर्चित गीत तथा नृत्य प्रस्तुत गर्ने साँस्कृतिक संयोजक मेनिता तामाङले बताइन् ।

कार्यक्रममा दूताबास लगायत डेनमार्क स्थित एनआरएनए,राजनीतिक जातीय क्षेत्रीय लगायत सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहने भएको छ। यसैविच डेनमार्कमा रहेका आदिवासी जनजाती समुदायका संघसंस्थाले शनिबार बिहान नेताद्धय लामा र पुन तथा कलाकारद्धयको सम्मानमा स्वागत कार्यक्रम गर्ने तयारी भएको समिर तामाङले जानकारी दिए ।