पोखरा लेकभ्यालीको अध्यक्षमा शंकर गिरि


पोखरा । लायन्स क्लव अफ पोखरा लेकभ्यालीको चौंथो अधिवेसनले शंकर गिरिको अध्यक्षतामा आगामि वर्षको लागि नयाँ कार्य समिति चयन गरेको छ।

क्लबको प्रथम उपाध्यक्षमा राजेन्द्र कोईराला, द्धित्तिय उपाध्यक्षमा सुवास सुवेदी, तृतिय उपाध्यक्षमा डम्वरवहादुर सुवेदी, सचिवमा रामप्रसाद गौतम, कोषाध्यक्षमा श्याम लामिछाने, सदस्य समन्वय सभापतिमा शेरवहादुर अधिकारी, जनसम्पर्क अधिकारीमा तारानाथ पहारी, टेल ट्विस्टरमा विनोद तिमिल्सिना, सहसचिव प्रकाश वस्ताकोटी तथा सहकोषाध्यक्षमा चिन्तामणी पोख्रेललाई सर्वसम्मत चयन भएका छन्।

क्लबका जोन चेयरपर्सन यदुनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा एक्सटेन्स चेयरपर्शन एम.जे.एफ. रमेश खत्रीको विशेष आतिथ्यतामा ड्यामसाईडमा सम्पन्न भएको थियो ।

क्लवका अध्यक्ष एम.जे.एफ. इन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन क्लवका सचिव सुवास सुवेदीले गरेका थिए भने ध्वजाको अभिवादन द्धितिय उपाध्यक्षमा राजेन्द्र कोईरालाले गरेका थिए ।