जनसम्पर्क समिति स्पेनको अध्यक्षमा ईन्द्रप्रसाद शर्मा बिजयी


बार्सिलोना/ नेपाली जनसम्पर्क समिति स्पेनको अध्यक्षमा ईन्द्रप्रसाद शर्मा बिजयी बनेका छन्। अर्का प्रत्यासी बिष्णु रिजाललाई ५ मतले पछि पार्दै शर्मा बिजयी बनेका हुन्। शर्माले २१० मत तथा रिजालले २०५ मत प्राप्त गरे। प्यानल सहित चुनाव लडेका दुवै प्रतिस्पर्धी मध्ये सदस्य सहित ८ जनाले चुनाव जिते पछि नयाँ कार्यसमितिमा शर्मा प्यानलकै बर्चश्व रहेको छ। रिजालले चुनाव हारे पनि उनको प्यानलबाट ५ जना बिजयी बनेका छन्।

कार्यसमितिको उपाध्यक्षमा बिदुर गौतम र राम सापकोटा बिजयी बनेका छन् । यस्तै महामन्त्रीमा राम प्रसाद सापकोटा “बिराज”,सह-महामन्त्री रामु चालिसे र कोषाध्यक्षमा सुस्मिता कंडेल बिजयी बनेका छन्। कार्यसमितिको सदस्यहरुमा १२ जनाको उमेद्वारी परे पनि सर्बाधित मत प्राप्त गर्ने ७ जना बिजयी बनेका छन्। निर्बाचित कार्यसमिति सदस्यहरुमा मुक्ती प्रसाद श्रेष्ठ,अन्जु तिमिल्सिना अधिकारी,सुभाष बहादुर बिष्ट,राजेश रेग्मी,लोक बन्धु बस्नेत,सुभास आचार्य र लक्ष्मण खत्री रहेका छन्।

निर्बाचन समितिले १ हजार ३१ जना मतदाता संख्या रहेको बताए पनि करिव ४४ प्रतिशत मतदाताले मात्र चुनावमा भाग लिएका थिए। गैर काँग्रेसीहरुले समेत चुनावमा भाग लिएको भन्दै धेरैले टिप्पणी गरेका छन्। मत हाल्ने बिषयलाई लिएर एकैछिन केहिँ सामान्य बिबाद देखिएता पनि निर्बाचन परिणामलाई सबै उमेद्वारहरुले सहज रुपमा स्विकार गरेका छन्।

तर पत्रकारलाई निषेध गर्दै मतगणना गर्ने स्थल समेत नबताउँदा स्थानीय पत्रकारले बिरोध जनाएका थिए। यस बारे भुल भएको भन्दै नेपाली जनसम्पर्क समिति स्पेनले माफि मागेको छ।

नेपाली जनसम्पर्क समितिको आईतबार सम्पन्न पाँचौ अधिबेशनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले गरेका थिए भने केन्द्रिय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्रराज पाण्डे सहभागी थिए।

यो पनि पढ्नुहोस् :स्पेनमा दूताबास खोल्ने निर्णय तत्काल कार्यान्वयन गर्न पहल गर्छु :-काँग्रेस महामन्त्री