ल हेरो आजका दैनिक पत्रिकाहरुले फ्रन्टपेज


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता भएको समाचारलाई बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । मोर्चाले आफ्नो माग सम्बोधन गर्न सरकारलाई एक एकहप्ते अल्टिमेटम दिएको दिएको थियो ।

भरतपुर- बर्दघाट प्रसारण लाइन निर्माणमा चिनियाँ ठेकेदारले लापर्बाही गरेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले खास महत्व दिएको छ ।

नयाँ पत्रिका दैनिकमा सर्वोच्च अदालतले राजनीतिक र प्रशासनिक विषयमा हात हालेर विषयलाई पेचिलो बनाएको समाचारले महत्वपूर्ण स्थान पाएको छ ।

धेरै विद्यार्थी भर्ना हुने तर परीक्षा दिने बेला विद्यार्थी घट्ने गरेको सन्दर्भमा नागरिक दैनिकले ‘कहाँ हराए ८ लाख विद्यार्थी ?’लाई मुख्य समाचार बनाएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीले अकुत सम्पत्ति आर्जन गरेको भन्दै सांसदहरुले छानबिनको माग गरेको समाचारले प्राथमिकता पाएको छ ।

‘संविधान मिचेर स्थानीय तह कार्यान्वयन’ शीर्षकको समाचारलाई राजधानी दैनिकले महत्व दिएको छ । त्यस्तै नेपालमा भारतीय लगानी घट्नुको कारणबारेको स्टोरीलाई एंकर न्यूज बनाएको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले ६ वर्षअघि मारिएका वासुदेव साहले क्षतिपूर्ति नपाएकोलाई कान्तिपुर दैनिकले प्राथमिकता दिएको छ । गोरखापत्र दैनिकले नेपालमा पनि ड्रोनको आवश्यकता भएकोलाई महत्वका साथ छापेको छ ।
7
1
6
2
5
4
3