पोखरामा रंगहरुको पर्व होली मनाउने तयारी


राजाराम पौडेल,पोखरा- कतै बाजागाजामा रम्न पाइने, कतै डिजे सेसनमा झुम्ने अवसर, अनि कतै कन्र्सटमा उर्फदै त कतै सावर पार्टीको मज्जा लिदै साथीहरुसँगको रमाइलो । होलीको अवसरमा गरिएका यस्ता कार्यक्रमले पोखरामा होलीको रौनकतालाई बढाएको छ । यी कार्यक्रम फागुन २९ गते होली पर्वको दिनमा हुनेछन् ।

हुनत नेपाल आउने पर्यटकको मुख्य गन्तव्य रुपमा पर्यटकिय नगरी पोखरा रहेको छ । यहाँ देश विदेशको साँस्कृतिक महत्वलाई झल्काउन वर्षेनी विविध कार्यक्रम हुन्छन् । नेपाली साँस्कृतिक पर्वलाई विशेष प्राथमिकता दिएर मनाउदै पर्यटकलाई नेपाली संस्कृतीको बारेमा जानकारी दिइन्छ । त्यतिमात्र नभएर अंग्रेजी नयाँ वर्ष, भ्यालेन्टाइन डे तथा अन्य विदेशी संस्कृतीका पर्व समेत पर्यटकको मन जित्ने प्रयास पोखरामा हुन्छ ।

यस्तै मध्येको एक नेपाली साँस्कृतिक पर्व हो होली । रंगहरुको पर्व होलीलाई व्यवस्थित तरिकाले मनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने तयारी पोखरामा छ । यस्ता कार्यक्रमको आयोजनाले वर्षेनी होली मनाउनेको चलन पोखरामा बढ्दै गएको छ । करकाप नगरी स्फुर्त रुपमा एक आपसमा रंग खेल्दै रमाइलो गर्नेको समुह पोखरामा देखिन्छ ।

यसपालीको होलीको रौनकता पर्यटकिय नगरी पोखरामा सुरु भइसकेको छ । पर्यटन व्यवसायको लागि यो समय अफसिजन हो । तर पनि पर्यटकिय नगरी पोखरामा विभिन्न देशका पर्यटक घुम्न आइरहेका छन् । यसरी घुम्न आएका पर्यटकले यहाँ आयोजना हुने होली विशेष कार्यक्रममा सहभागीता जनाउदै रौनकता थप्छन् ।

पर्यटन व्यवसायमा टेवा पु¥याउन रेवान पोखराले वर्षेनी होली विशेष कार्यक्रम गर्दै आएको छ । जुन यो वर्ष पनि हँुदैछ । रेवान पोखराको आयोजनामा हुने कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकको अलावा स्थानियको सहभागीता रहन्छ । नौमती बाजाको तालमा रमाउदै होली खेल्न पाइने यसको विशेषता हो । फागुन २९ गते फेवा लेक रेष्टुरेन्ट अम्बोटबाट विहान साढे ११ बजेदेखि सूरु हुने होली यात्रा हिमागृह, रत्नमन्दिर, हल्लनेचोक हुदै खहरेसम्म पुग्ने रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले बताए । ‘बाजागाजा सहित नाचगानमा रमाउदै होली खेल्न पाइने भएकोले यसमा सहभागी हुनेको संख्या वर्षेनी बढ्छ’ उनले भने । विदेशीहरुले रंग खेल्न मन पराउने गरेको अनुभव गुरुङ सँग छ ।

विदेशी पर्यटकले नेपालीले भन्दा बढी कलर दल्छन् । केहि पर्यटक त होली खेल्नकै लागि दोहोरीएर आउने गरेका छन् । मुल आयोजक रेवान पोखरा भएपनि पोखरा पर्यटन परिषद, टान, हान, नाटा विभिन्न सरकारी निकाएका प्रमुखलाई समेत निमन्त्रणा गरी होली मनाइन्छ । होली खेल्न इच्छुकले स्वतः स्फुर्त रुपमा यो कार्यक्रममा सहभागी जनाउन सक्छन् ।

होलीकै अवसरका पोखरा पर्दशनी केन्द्र नयाँबजारमा होली फेस्टिभल २०१७ को आयोजना आइतबार हुदैछ । फेस्टिभलमा नेपाली रक व्याण्ड द एक्स, अनुप्रस्थ, योगेश काजी, द ड्रिमर्स, द नेस्ट डोर, न्यु विगेन्स, संकल्प र सुमिनको प्रस्तुतीमा रम्दै होली खेल्न पाइनेछ । द लुप इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुने कार्यक्रम विहान साढे एघार बजेबाट सुरु हुनेछ ।

यसैगरी पोखराको लेकसाइडमा रहेको द आइरिस पबमा होली विशेष कार्यक्रम हुँदैछ । अनिता र सविनाको आयोजनामा हुने कार्यक्रममा डिजे सिल्म व्वाई, डिजे अनमेस, डिजे योङ गड को डिजे सेसनमा रमाउदै होली खेल्न पाइनेछ । कार्यक्रम विहान ११ बजेबाट साँझ ६ बजेसम्म चल्नेछ ।
औरोरा बोरेलिस रेष्टुरेन्ट एण्ड बार पोखरामा स्मार्ट इन्टरटेनमेन्ट प्रालिको आयोजनामा डबल मज्जा होली डान्स पार्टी सिजन–४ हुदैछ । विहान ११ बजेबाट राती १० बजेसम्म चल्ने डान्स पार्टीमा डिजे कान्छी, डिजे स्लिम व्याई, डिजे रे को डिजे सेसन हुनेछ । साथमा होली प्ले ग्राउण्ड, सावर पार्टी र विभिन्न रमाइला खेल हुनेछन् ।
holi 2
पोखरामा जारी आठौ हेम्जा आलु महोत्सवमा समेत होली विशेष कार्यक्रमको आयोजना हुने आयोजक विष्णु पादुका क्लवका अध्यक्ष रमेश कार्कीले जनाए ।
यता नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघकै प्राङगणमा विहान ११ बजेदेखि होली खेल्ने कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पोखरामा रहेका पत्रकारले एक आपसमा रंग खेल्दै रमाइलो गर्ने महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले जनाए ।

यसैगरी पोखरामा रहेका एफ एम रेडियो, विभिन्न संघ संस्थाले छुट्टछुट्टै कार्यक्रम गरी होली पर्व मनाउने तयारी गरेका छन् ।
साथीहरुसँग मिलेर समुहमा होली खेल्ने युवा युवतिको संख्या पोखराका बजारमा होलीको दिन देखिन्छ । होलीको दिनमा पिकनिक आयोजना गरी रमाउनेहरु समेत पोखरामा छन् । जर्वजस्ती रंग लगाइदिने, लोला हान्ने विकृतिको अन्त्य गर्दै होली खेल्ने इच्छा भएका व्यक्तिलाई मात्र जम्मा गराई संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले पोखरामा कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।